एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १ नोभेम्बर । नेकपा एमाले हङकङ कमिटीका अध्यक्ष भक्त गुरुङले अग्रगामी विचार समूहलाई समर्थन गर्ने गरी केही दिनअघि एमाले परित्याग गर्ने कार्यकर्तालाई सैद्धान्तिक विचलनको उपजको आरोप लगाएका छन्।
पार्टी परित्यागको घोषणा गरेर ३१ संगठित सदस्य र ९० समर्थक गरी १२१ जनाले एमाले छोडेपछि एमाले अध्यक्ष झलनाथ खनाललाई लेखेको पत्रमा हङकङ कमिटीका अध्यक्ष गुरुङले उक्त कुरा उल्लेख गरेका हुन्। उनले पार्टी त्यागको खबरले स्तव्ध भएको बताउंदै यसलाई सैद्धान्तिक विचलनको उपज र सैद्धान्तिक कायरताको उदण्डता स्वरुप भनेका छन्।
भक्त गुरुङ, फाइल तस्विर
पार्टी अध्यक्ष खनाललाई लेखेको पत्रमा स्थानीय सञ्चारमाध्यममा आएको खबरमा जस्तो पार्टी त्याग गरेको तथ्यगत विवरण सही नभएको गुरुङले जनाएका छन्। ३१ जना संगठित सदस्यले पार्टी परित्याग गरेको भनिए पनि जम्मा ५ जना संगठित सदस्यले पार्टी छोडेको, १७ जनाको नवीकरण नभई सदस्यता समाप्त भइसकेको, ४ जना २ वर्ष अघि नै अन्य पार्टीमा गइसकेको र ५ जनाले हालसम्म सदस्यता नलिएको गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, पार्टी परित्याग गरेको समर्थकमध्ये ८९ जनामा ८ जनामात्र पार्टीप्रति प्रतिवद्ध रहेका र ८१ जना पार्टीको सम्पर्क र जानकारीमा नभएको उल्लेख छ।
हेर्नुहोस् प्रेस विज्ञप्ति
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b