Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नचाए राजेशले

सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
धरान, १५ कार्तिक। धरान गायक राजेशपायल राई पब्लिक हाइस्कूलमा आउने खबर पाएपछि उनको गायन सुन्न चाहनेहरुको भीड बढ्दै थियो। मंगलबार बेलुकी ८ बजेसम्म करीब ४ हजार दर्शकले हाइस्कूलको मैदान भरिसकेको थियो।

सोमबार इटहरीको कार्यक्रममा गाउन आएका राजेशपायल राईलाई आयोजक धरान शारीरिक सुगठन तथा फिटनेश क्लबले धरानमा सञ्चालित धरान खेलकुद पर्यटन तथा साँस्कृतिक उत्सवमा गाउने निम्तो दिइहाल्यो र धरानलाई कार्यक्षेत्र बनाएर अघि बढेका राजेश पायलले धरानको निम्तो नस्वीकार्ने कुरै भएन। उनी इटहरीबाट सीधा कार्यक्रम स्थलमा बेलुकी साढे ८ बजेतिर आइपुगे र आप्mनै पुरानो आन्दाजमा गीत गाउन शुरु गरिहाले।

‘सर–सरमाया सरसर..’ बोलको गीत गाएर कार्यक्रमको शुरुवात गरेका पायलले लगातार हाक्पारे, विचार चोगे, मोहनी लाग्ला है, तिम्रो मुस्कान, घुम्न जाऊँ धरान, दर्शन नमस्ते, राई इज किंग लगायतका एक दर्जन गीत गाउन करीब पौन एक घण्टा खर्चिए।

राजेशका हरेक गीतमा दर्शकहरु नाच्दै, गाउँदै र वान्स मोर भन्दै उनलाई साथ दिँदै थिए । राजेश पनि हौसिंदै रमाइला कुराकानी गर्दै लगातार गीत गाउँदै थिए।

धरानका दर्शकहरुको राम्रो साथ पाएका राजेशले थप गीतहरु पनि गाउने मन गरेका थिए तर समय अभावले उनले फेरि अर्काे कार्यक्रममा है दर्शन नमस्ते भन्दै बिदा लिए।

कार्यक्रमको प्रत्यक्ष प्रसारण धरानको कृति टेलिभिजनले गरेको थियो। उत्सवमा आगामी दिनमा मौसमी गुरुङ, दिव्य सुब्बा, मिलन अमात्य, सविन राई, प्रमोद खरेल, प्रदेश लिम्बू, निर्णय श्रेष्ठ, विल्सनविक्रम राई (तोक्मे बुढा), इन्दिरा जोशी, अञ्जु पन्तलगायतका कलाकारहरु ल्याउने तयारी भइरहेको आयोजकले जनाएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by