Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखरा उपमहानगरपालिकाको प्रमुखमा अधिकारी

सुदिप राज ढुंगाना / एचकेनेपाल डट कम-
पोखरा, १५ कार्तिक । पोखरा उपमहानगरपालिकाको नयाँ कार्यकारी प्रमुखमा नेपाल सरकारका उपसचिब झलकराम अधिकारी नियुक्त भएका छन्।

गत कार्तिक १ गतेको नेपाल सरकारको निर्णय अनुसार बिशेष क्षेत्र आयोजना काठमाडौंमा कार्यरत अधिकारीलाई पोखरा उपमहानगरपालिकमा सरुवा गरिएको हो।

ढिकुरपोखरी ९, कास्की स्थायी घर भएका अधिकारी ले २०५४ सालबाट सरकारी सेवा सुरु गरेका हुन्। यसअघि, सिराहा र लेखनाथ नगरपालिकाको कार्याकारी अधिकृत भै स्थानीय निकायको अनुभव बटुली सकेका अधिकारीले कार्तिक १६ गतेबाट पदभार ग्रहण गर्दै छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by