देवराज राई /एचकेनेपाल डट कम-
हङकङ, ३१ अक्टोबर । संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्ड ओरेगनमा सम्पन्न नवौं अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा हङकङका नेपाली खेलाडीद्वय दिलप्रसाद लिम्बू र सुबित साम्बाहाम्फेलाई सफलता मिलेको छ।
अक्टोबर २६ र २७ तारिख आयोजना भएको प्रतियोगितामा एभरेष्ट तेक्वान्दो एकेडेमीबाट सहभागी उनीहरुले ३ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित हङकङलाई ८ पदक दिलाएका हुन्।
दिलप्रसाद लिम्बूले पुम्से र वुड ब्रेकीङमा स्वर्ण तथा स्पोर्ट पुम्से र स्पाइरिङमा कास्य पदक पाए। अर्का खेलाडी सुवित साम्बाहाम्फेलाई पुम्सेमा स्वर्ण, वुड ब्रेकिङ र स्पोर्ट पुम्सेमा रजत तथा स्पाइरिङमा कास्य पदक प्राप्त गरे।
आयोजकका अनुसार प्रतियोगितामा विभिन्न देशबाट लगभग ३ सय खेलाडीहरु सहभागी थिए। प्रतियोगितामा अधिकांश नेपाली खेलाडीहरु सहभागी थिए। पोर्टल्याण्ड ओरेगन अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा हङकङबाट एभरेष्ट तेक्वान्दो एकेडेमीका प्रमुख प्रशिक्षक रबिनकुमार नाल्बोको नेतृत्वमा ३ सदस्य टोली सहभागी भएको थियो।
सन् २००० बाट सुरु भएको यस प्रतियोगिता हङकङमा समेत आयोजना भइसकेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b