Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सहमति नभए पनि पूर्ण बजेटः प्रवक्ता सापकोटा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १५ कार्तिक । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले दलहरुवीच सहमति नभए पनि सरकारले पूर्ण बजेट तयार पारेर राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरिरहेको खुलासा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने– विहीबार बस्ने शीर्ष बैठकमा दलहरुले अडान लिएर बजेटको विषयमा सहमति नगर्ने हो भने सरकारले पूर्ण बजेट बनाएर राष्ट्रपति कहाँ पठाई दिन्छ। राष्ट्रपतिले के गर्छन् हेरौला।

उनले थपे–सरकारको निर्णय राष्ट्रपतिले मान्नै पर्छ । नयाँ प्रधानमन्त्री नियूक्त गर्ने कुनै निकाय नभएको अवस्थामा प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार नै निरन्तर चल्छ। राष्ट्रपतिले प्रधानमन्त्री हटाए त्यो मुलुकका लागि अनिष्ट र दुर्भाग्यपूर्ण हुन्छ । त्यस्तो अवस्थामा हामी जनताको मैदानबाटै सबै कुराको फैसला गर्छौ।

साक्षात्कारमा प्रवक्त सापकोटाले प्रधानमन्त्रीले राजिनामा दिए मुलुकमा भयंकर दुर्घटना हुने दावी गर्दै अहिलेको सरकारले नै निर्वाचन गराउने ठोकुवा गरे। उनले माओवादी सहमतिको लागि अत्यन्तै लचिलो भएको भन्दै अब माओवादी कठोर भएर प्रस्तुत हुने तर आत्मसमर्पण नगर्ने चेतावनी दिए।

प्रतिपक्षी दलहरु राष्ट्रपतिलाई उकासेर सत्ता हात पारी अहिलेसम्मका परिवर्तनलाई ध्वस्त बनाउने योजनामा रहेको आरोप लगाउँदै काग्रेसले मुलुकलाई अनिश्चयको बन्दी बनाएको दावी गरे। सापकोटाले भने– काग्रेसले पोजिसन क्लियर नगर्दा मुलुकमा गतिरोध कायम रहेको हो। निकासको कुनै प्रस्ताव पनि ल्याउन सकेको छैन। पार्टीबाट यो प्रधानमन्त्री भनेर पनि भन्न सकेको छैन।

उनले एमाले बरिष्ठ नेता माधवकुमार नेपालले राखेको सात बुँदे प्रस्ताव सकारात्मक भएको भन्दै त्यो निकासको दिशामा उन्मुख भएको बताए।

अयोग्य लडाकुहरुलाई दुई दुई लाख रुपैया दिने विषयमा पहिला नै सहमति भएको दावी गर्दै उनले दिएको पैसा कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारे। उनले भने–गणतन्त्र ल्याउन लडाकुहरुको अहम भूमिका छ। उनीहरुलाई दुई लाख दिदा के को विरोध?

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by