Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अफ्गानिस्तानमा दुई गोर्खा सैनिकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
अफ्गानिस्तान, ३० अक्टोबर । अफ्गानिस्तानमा कार्यरत दुई बेलायती गोर्खा सैनिकको मंगलबार गोली लागेर मृत्यु भएको छ।

बेलायती रक्षा मन्त्रालयले दुई गोर्खा सैनिकको मृत्यु भएको पुष्टि गरे पनि उनीहरुको नाम सार्वजनिक गरेको छैन।

मन्त्रालयका अनुसार पुलिसको वर्दी लगाएका एक व्यक्तिको गोली प्रहारबाट फस्ट बटालियन रोयल गोर्खा राइफल्सका दुई बेलायती गोर्खा सैनिकको मृत्यु भएको हो। हेलमन्ड प्रान्तको नर-ए सारसको चौकीमा पुसिसको वर्दी लगाएका एक व्यक्तिले गोली प्रहार गरेपछि उनीहरुको मृत्यु भएको बताइएको छ।

टास्क फोर्स हेलमन्डका प्रवक्ता मेजर लारेन्स रोचले घटनाप्रति दुःख व्यक्त गर्दै रोयल गोर्खा राइफल्स र टाक्स फोर्स हेलमन्डमा सेवारत सबैलाई यस घटनाले ठूलो झटका दिएको बताएका छन्।

बेलायती रक्षा मन्त्रालयले मृतकका परिवारलाई सूचित गरिसकेको जनाएको छ। मन्त्रालयले मृतक गोर्खा सैनिकको थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by