Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

फ्रान्सेली र अमेरिकी नागरिकलाई नइ देरुनीख पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १४ कार्तिक । नइ प्रकाशनले फ्रान्सेली नागरिक प्रा.डा. गेर्रार्ड तोफिन र नेपालीमूलका अमेरिकी नागरिक डा. हरिहर शर्मालाई नइ देरूख अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने निर्णय गरेको छ।

प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार नेपाली साँस्कृतिक मानवशास्त्रीय अध्ययन गरिएका कृतिहरूको रचना गरेर देशदेशान्तरमा नेपालको प्रतिष्ठा वृद्धिमा निरन्तर प्राज्ञिक योगदानका निम्ति मानवशास्त्री प्रा.डा. तोफिनलाई ३ लाख रुपैयाँ राशिको नइ देरूख अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिन लागेको हो।

त्यस्तै, तीन दशकदेखि नेपालको स्वास्थ्य, शिक्षा तथा संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत समाजसेवी डा. शर्मालाई २ लाख रुपैयाँ राशिको नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिन लागेको हो।

यी दुबै पुरस्कार नेपाल र नेपालीका लागि विशिष्ठ योगदान गर्ने विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिन्छ।

नइ प्रकाशनले अन्तर्राष्ट्रिय पुरस्कार छनौटका लागि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाको संयोजकत्वमा अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मानवशास्त्री प्रा. डा. टेड रिक्कार्डी गैरआवसीय नेपाली सङ्घका अध्यक्ष जीवा लामिछाने, जर्मनीका शिक्षाविद् डा. मानफ्रेद थ्रोइ र नरेन्द्रराज प्रसाई सदस्य रहेको निर्णायक समितिको गठन गरेको थियो।

पुरस्कार संस्थापक खनूपरुदे ‘रामबाबू’को उपस्थिति तथा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको विशेष बैठकले निर्णायक समितिको सिफारिसमा सोको अनुमोदन गरेको हो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by