Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्रियताको चिन्ता

एचकेनेपाल डट कम संवाददाता-
विराटनगर, १८ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान परिस्थिति देखेर चिन्ता व्यक्त गरेका छन्।

सुनसरीको भादगाउँ सिनुबारीमा भविष्य महापुराणको उद्घाटन गर्न आइ पुगेका शाहले सञ्चारकर्मीहरूसंग बोल्दै राष्ट्रियता, सर्वसाधारणको सुरक्षा र प्रजातन्त्र जोखिममा रहेको बताए।

‘पहिलेदेखि नै तीन कुराको रक्षा हुनु पर्छ भन्दै आएको थिएँ, आज तीनै कुरा जोखिममा परेका छन्,’ उनले भने। मुलुकनै नरहे हामी नेपाली नरहने भन्दै उनले राष्ट्रियतालाई पहिलो प्रामथमिकतामा राख्न आग्रह गरे।

शाहले राष्ट्रियता र प्रजातन्त्र बलियो भए मात्र मुलुकमा शान्ति र स्थिरता आउने बताए। जहाँ बसे पनि आ-आफ्नो स्थानबाट शान्तिका लागि योगदान दिनुपर्ने उनले बताए। उनले म होइन हामी भनेर लागेमा अवश्य शान्ति छाउने आशा व्यक्त गरे।

यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा राजावादीहरूले नाराबाजी लगाउंदै गणतन्त्रको विरोध गरेका थिए। भविष्य महापुराणमा राजावादी नेताहरूले शाहसमक्ष देश वर्वाद भएको जानकारी दिएका थिए। देश टुक्रिनुबाट बचाउनको लागि शाहलाई जनताको माझमा आउन आग्रह गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by