Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आजदेखि दसैँ सकियो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ कार्तिक। नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुँदैछ।

यही असोज ३० गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिँदैछ।

सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका कारण आज राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दछन्।

दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैँघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ।

आज दिनभरि नै पूर्णिमा तिथि रहेकाले कोजाग्रत पूर्णिमाको व्रत लिने र भोलिदेखि आकाशदीप बाल्नुपर्ने कुरा पञ्चाङ्गमा उल्लेख छ।

कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by