Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

विमानस्थलबाट सवा २ करोड बरामद

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ११ कार्तिक । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रवार सवा दुई करोड रुपैयाँ बराबरको युरो बरामद गरेको छ।

स्पाइस जेटको विमानबाट भारतको नयाँदिल्ली लान खोजेको एक लाख पन्चानब्बे हजार युरो (दुई करोड चौध लाख पचास हजार नेपाली रुपैयाँ) हुम्ला निवासी दावा टासी लामाको लगेजमा भेटिएको हो।

विमानस्थलका सुरक्षा गार्ड प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायण बस्ताकोटीका अनुसार लामाको लगेजभित्र कालो प्लाष्टिकको झोलामा लुकाइएको अवैध युरो भेटिएको हो।

युरोसहित पक्राउ परेका लामाले चिनियाँ नागरिक आङ जिनले उक्त रकम आफूलाई दिएको बताएका छन्। हुण्डीबाट भन्दा सिधै फ्लाइडबाट पैसा लैजाँदा बढी नाफा हुने भएकोले साझेदारीमा पहिलो पटक यसरी लाना खोजिएको उनले बताए।

यसअघि, बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को प्रत्यक्ष मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा लैजान लागिएको सवा करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by