Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

चाडवाडपछि आन्दोलन सुरु हुन्छः अध्यक्ष खनाल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ११ कार्तिक । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले चाडवाडपछि आन्दोलन सुरु हुने जानकारी दिदै उनले सहमतिको लागि आन्दोलनको विकल्प नभएको चेतावनी दिएका छन्।

उनले सबै राजनीतिक दलहरुवीच सहमति बन्न नसके अब धेरै दलहरु सहमति गरेर मुलुकलाई निकास दिने गरी अघि बढ्ने चेतावनी दिएका छन्। अहिले दलहरुवीचको सहमतिको प्रमुख बाधक सरकार भएको भन्दै अध्यक्ष खनालले सरकारलाई नपन्छाएसम्म सहमति बन्नै नसक्ने ठोकुवा गरे।

रिपोर्टर्स क्लब नेपालले शनिवार खनाल निवास डल्लुमा गरेको साक्षात्कारमा उनले मिलेर मुलुकलाई निकास दिनु पर्ने भए पनि धैर्यता समाप्त भईसकेको भन्दै सहमति नगर्ने विरुद्ध सबै राजनीतिक दलहरुलाई एक बनाएर अघि बढ्ने बताए।

साक्षात्कारमा अध्यक्ष खनालले मुलुक संकटमा परेको बेला राष्ट्रपतिले चुप लागेर बस्न नमिल्ने स्पष्ट पार्दै आन्दोलनको जगमा राष्ट्रपतिले उपयूक्त कदम चाल्नु पर्ने धारणा राखे। उनले भने–आन्दोलनको जगमा निकासको लागि कदम चालिनु पर्छ । राष्ट्रपति ईमरजेन्सी लाईट हो त्यो त आफै बलिहाल्न नि। राष्ट्रपतिले अहिलेसम्म आफ्नो कर्तब्य निर्वाह गरिरहनु भएको छ । अब पनि चुप लागेर बन्नु हुँदैन।

अध्यक्ष खनालले संविधानका विवादित विषयमा अहिले नै दलहरुवीच सहमति बन्ने सम्भावना नरहेको संकेत गर्दै निर्वाचनमा जानुको विकल्प नभएको स्पष्ट पारे । उनले भने–अब निर्वाचनमा जानुको विकल्प छैन । ६ वर्ष अघिको जनादेशको अहिले कुनै अर्थ छैन । एमाओवादीका कारण संविधानका विवादित विषयमा सहमति बन्न सक्दैन। प्रचण्डको खयाली पुलाउ पकाउन हामी चाहदैनौ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by