Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाली कलाकारहरु कतार आइपुगे

“लोक दोहोरी प्रतियोगिता – २०१२” ग्राण्ड फिनालेको लागि कलाकारहरु कतार आईपुगे,
कतार लोक दोहोरीमय हुने

बुधबल गुरुङ /एचकेनेपाल डट कम-
दोहा–कतार, २६ अक्टोबर। तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले आयोजना गरेको खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ को ग्राण्ड फिनाले कार्यक्रममा आफ्नो प्रस्ुतती दिन कलाकारहरु कतार आई पुगेका छन्।

कार्यक्रमका लागि आफ्नो प्रस्तुती दिन चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)े लोक गायिकाहरु देवी घर्ती र राधिका हमाल, बरिष्ट लोक गायक दुर्गा रायमाझि, बादवादक बेधनिधी नेपाल कतार आई पुगेका हुन्।

विदेशमा नै पहिलो पटक आयोजित यस खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ ले कतार नेपाली लोक दोहोरी मय भएको छ। प्रत्येक नेपालीको मुखमा अहिले नेपाली लोहोरी गीत गाईरहेका छन्।

कार्यक्रम मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईद अल अधा (बक्रर ईद) को दोश्रो दिन शनिरबार मुन्ताजास्थित अल अरबी स्पोर्ट क्लवमा दिनको २ बजेबाट शुरु हुनेछ। सोही दिन उत्कृष्ट लोक दोहोरी समूह कतारको घोषणा गरिने आयोजकले जनाएको छ।

कुल २४ समूहहरु बिच भएको प्रतिष्पर्धाबाट उत्कृष्ट चार समूहरु
प्रवासी सांंगितिक परिवार– ए (भोटिङ्ग नं. १),
प्रवासी सांगितिक परिवार –बी (भोटिङ्ग नं. २),
नव प्रतिभा समूह (स्याङ्गजा सहयोग समाज कतार (भोटिङ्ग नं. ३)
फेवा सांस्कृतिक परिवार÷कास्की आदर्श सेवा समाज–बी (भोटिङ्ग नं. ४)

ग्राण्ड फिनालेमा प्रवेश गरेका छन्। ग्राण्ड फिनालेमा पुग्ने चार प्रतियोगिहरुले नेपालबाट आमन्त्रित चर्चित लोक गायिकाहरु राधिका हमाल र देवी घर्ति मगर संग दोहोरी गाउने छन्। साथै उनीहरुले पनि आ –आफ्नो प्रस्तुति दिनेछिन्। त्यसका साथै कार्यक्रमलाई चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढो) ले अझ मनोरन्जनात्मक बनाउने छ । सोही कार्यक्रममा कतारमा स्थापित कलाकारहरु
दिनेश लिम्बु (गैर आवासिय नेपाली तारा –२०११)
संगीत जेम्स लिम्बु (गैर आवासिय नेपाली गायन तारा – २०११, दोश्रो),
विवश दुतराज (गैर आवासिय नेपाली नृत्य तारा – २०११),
समिक्षा श्रेष्ठ (गैर आवासिय नेपाली नृत्य तारा – २०११ , दोश्रो)
चर्चित डान्सर यसोदा बस्नेत

को प्रस्तुती रहनेछ । यसका साथै कार्यक्रममा नेपाली ब्याण्ड द रेन्ज र तमू सांस्कृतिक परिवार कतारका कलाकारहरुको पनि विशेष प्रस्तुती रहने कुरा आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस प्रतियोगितामा प्रथम हुनेलाई कतारी रियाल २ हजार ५ सय र ट्रफि, द्वितीय हुनेलाई कतारी रियाल १ हजार ५ सय र ट्रफि, तृतीय हुनेलाई कतारी रियाल १ हजार र ट्रफि र चौथो हुने समुहलाई आर्कषक सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको जनाईएको छ।

कार्यक्रम हलसम्म आउनको लागि सनैयाबाट दिनको १२ बजे, १२.३० र १.०० बजे गरी तीनवटा बसको ब्यवस्था गरिएको छ । त्यसै गरी दोहो अल फर्दनबाट १२ बजे र १२.३० दुईवटा बसको ब्यवस्था गरिएको छ।

खुल्ला नृत्य प्रतियोगिता २००८, गैर आवासिय नेपाली तारा – २०१०, गैर आवासिय नेपाली तारा – २०११ जस्ता कार्यक्रमहरु सम्पन्न गरि सकेको यस संस्थाले आयोजना गरेको यस कार्यक्रम पनि सफल हुनेमा विश्वस्त छ।

नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र प्रवासमा कार्यरत कला प्रेमी नेपालीहरुको प्रतिभालाई कदर गर्ने यस संस्थाले आयोजना गरेको कार्यक्रमहरु अति नै मनोरन्जनात्मक हुने कुरा कतारवासी नेपालीहरुले बताएका छन्। यस कार्यक्रमबाट पनि भरपुर मनोरन्जन लिने बताएका छन्।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by