Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेदरल्याण्डसमा नेपाली कलाकारका साथ दशैं

चन्द्र केसी /एचकेनेपाल डट कम-
दशै कार्यक्रम तथा गैरआवासीय नेपाली दिवस बुधवार नेदरल्याण्डसमा सम्पन्न भएको छ। कार्यक्रम गैरआवासीय नेपाली संघ नेदरल्याण्डस, नेपाली जनसंपर्क समिति, नेदरल्याण्डस, नेपाल बिकास प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज केन्द्रिय कार्यसमिति, नेपाल म्युजिक फाउण्डेशन, नेपाल लोकतान्त्रिक मन्च नेदरल्यान्डस लगायतका संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकाहरु किरण केसी, शिवहरि पौडेल, रामचन्द्र काफ्ले र जुनु रिजाल (काफ्ले)लगायत नेदरल्याण्डसका स्थानीय कलाकारहरुले भरपूर मनोरञ्जन दिएका थिए।

प्राविधिक कारणले निर्धारित स्थलमा कार्यक्रम हुन नसक्ने भएपछि तत्कालै कार्यक्रमस्थल परिवर्तन गर्नुपरेको थियो। वाध्यताका कारण कार्यक्रम अबधिमा धेरै समस्याहरु पनि देखा परे। तर त्यस्ता समस्याहरुका वावजुद पनि नेदरल्याण्डसका नेपालीहरुको सहभागीता र उनीहरुले देखाएको धैर्यताको भने सबैले मुक्त कण्ठले प्रसंशा गरेका थिए।

संस्थागत प्रतिनिधिका रुपमा एनआरएन नेदरल्यान्डसका तर्फबाट संस्थापक अध्यक्ष शशी पौडेल, निवर्तमान अध्यक्ष हरि पौडेल, उपाध्यक्ष प्रेम गुरुङ, नेशनल को(अर्डिनेटर श्रीराम कँडेल, नेपाली जनसंपर्क समितिका तर्फबाट अध्यक्ष ठाकुर प्रसाद शर्मा, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) का तर्फबाट युरोपीयन कन्टिनेन्टल कमिटीका सदस्य चन्द्र सम्सेर केसी, सो संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष पुष्प बरुवाल, नेपाल म्युजिक फाउण्डेशनका वर्षा खड्का, नेपाल लोकतान्त्रिक मञ्च नेदरल्यान्डसका अध्यक्ष टिकाराम सापकोटा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ नेदरल्यान्डसका नेशनल को(अर्डिनेटर श्रीराम कँडेल, संस्थापक अध्यक्ष शशि पौडेल र कार्यक्रमको सभापतित्व गरेका एनआरएन नेदरल्यान्डसका उपाध्यक्ष प्रेमसिंह गुरुङ लगायतका वक्ताहरुले एनआरएन डे को महत्व र गैरआवासिय नेपाली संघ नेदरल्यान्डसले सम्पन्न गरेका कार्यहरु तथा आगामी दिनहरुमा गर्ने कार्य योजनाहरुका बारेमा चर्चा गरेका थिए।

नेदरल्यान्डसका अग्रज श्री लीलाधर गैरे र श्रीमती लक्ष्मीदेवी गैरेबाट टीका तथा जमरा ग्रहण गरिएको उक्त कार्यक्रममा उपस्थित सबैले हर्षोल्लाषका साथ शुभकामना आदानप्रदान गरेर दशै मनाएका थिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by