Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाली मुक्ति मोर्चाद्वारा भूमिगत संघर्ष गर्ने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १८ फागुन । नेपाली मुक्ति मोर्चा नेपालले र्सवपक्षीय गोलमेच सम्मेलनका लागि प्रमुख दलहरु तयार नभए भूमिगत सशस्त्र संघर्ष गर्ने चेतावनीसहित पार्टीको ११ बुँदे अवधारणापत्र, नीति कार्यक्रम र घोषणा पत्र सार्वजनिक गरेको छ।

मोर्चाले २००७ सालको जहानियाँ राणा शासनदेखि अहिलेसम्म नेपाली जनताले थिचोमिचो, हत्या, हिंसा, अन्याय, अत्याचार, महंगीबाट मुक्ति पाउन नसकेको भन्दै मुलुक र नेपाली जनताको मुक्तिको लागि नेपाली मुक्ति मोर्चाले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो।

रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चाले गणितीय राज्य व्यवस्था, केन्द्रिय सरकार, संघीय स्वायत्त सरकार, राज्य सञ्चालनका लागि समावेशी प्रतिनिधित्व, संघीय राज्य व्यवस्था, दुइ सदनात्मक केन्द्रीय राज्य व्यवस्था जस्ता ४७ बुँदे नौलो क्रान्ति र आमूल परिवर्तनका अवधारणा पत्रहरु सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा मोर्चाका संयोजक बसन्त शर्मा (आकाश) ले हतियार बोकेर, बम पड्काएर, जंगल पसेर जनताको मुक्ति असम्भव भएको भन्दै जनताको मुक्ति र देशको विकासको लागि गोलमेच सम्मेलनबाट सम्भव हुने दावी गरे।

आकाशले २०४७ सालदेखि अर्धभूमिगत अवस्थाबाट घोषणा पत्रका साथ सार्वजनिक भएको बताउँदै गोलमेच सम्मेलन स्वीकारिए देश र जनताको मुक्तिका लागि खुल्ला रुपमा लड्ने अन्यथा पुनः भूमिगत संघर्षमा उत्रने चेतावनी दिए। उनले मोर्चाले २ सय १४ गाविस, ११ वटा जिल्ला, अञ्चल र विकास क्षेत्रमा संगठन विस्तार भैसकेको दावी गर्दै मोर्चाको अभियानमा कसैले अवरोध गर्न खोजे मोर्चामा आवद्ध केन्द्रीय कमिटीका ३ हजार युवाहरुले जेहाद छेड्ने चेतावनी पनि दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by