Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति गर्नु पर्छः बरिष्ठ नेता नेपाल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ कार्तिक । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलनको जगमा राष्ट्रपति डा रामबरण यादवले नयाँ प्रधानमन्त्री नियूक्त गर्न भूमिका खेल्नु पर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालद्वारा विहीबार नेपाल निवास कोटेश्वरमा आयोजित साक्षात्कारमा उनले दलहरुको समर्थन विना राष्ट्रपतिले केही गर्न नसक्ने स्पष्ट पार्दै आन्दोलन चर्किएपछि त्यसको जगमा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई हटाएर नयाँ प्रधानमन्त्री नियुक्त गर्न सक्रियता देखाउनु पर्ने धारणा राखे।

उनले भने–आन्दोलन शसक्त भएपछि राष्ट्रपतिलाई कदम चाल्न अनुकुल बातावरण बन्छ। अहिले तत्कालै कदम चाल्न गाह्रो हुन्छ । दलहरुले सहमतिमा प्रधानमन्त्री दिन नसके बहुमतको सरकार बनाउनु पर्ने अवस्थामा अप्ठ्यारो पर्न सक्छ।

साक्षात्कारमा बरिष्ठ नेता नेपालले दशै तिहारपछि सरकारका लागि सजिलो दिन नभएको भन्दै त्यसपछि उत्पन्न हुने राजनीतिक, संबैधानिक संकट र आन्दोलनले सरकार अप्ठ्यारोमा पर्ने दावी गरे। नेपालले थपे– हामि बजेट पनि ल्याउन दिदैनौ। अबका दिन सरकारकालागी त्यती सहज छैन।

मुलुकलाई निकास दिने बाटोमा माओवादी नै प्रमुख बाधक भएको आरोप लगाउँदै गतिरोध अन्त्यको विकल्प आन्दोलन र जनपरिचालन बाहेक अरु केही पनि नभएको स्पष्ट पारे। माओवादीलाई मुलुकको निकास भन्दा पनि सत्ता चाहिएको स्पष्ट पादै्र्र सहमति नगरी सत्ता लम्ब्याएर अगाडि बढ्ने निर्णय माओवादीले गत बैशाखमै गरेको दावी गरे। उनले भने–प्रचण्डको एउटै लक्ष्य छ माओवादीलाई धनि पार्टी बनाउने पहिलो शिविरको नाममा समय लम्ब्याउँदै पैसा कमाउँदै गरे। अहिले पनि सत्ताको आडमा चन्दा आतंक मच्चाएका छन् । ठूला ठूला आयोजना कब्जा गरेर पैसा असुल्ने दाउमा मात्रै छन्। बालुवाटार भित्र त त्यस्तो ग्याङ नै छ।

माओवादीलाई देशकोलागी बोझको संज्ञा दिदै उसलाई मुलुक भाडँभैलोमा गए पनि पैसा बाहेक केही वास्ता नभएको आरोप नेता नेपालले लगाए।

माओवादी देश बनाउन भन्दा पनि मुलुकमा जातीय दंगा भड्काएर टुक्राउन आएको दावी गर्दैमाओवादीले पनि ज्ञानेन्द्रको जस्तै खाउँला भनेर सोचेको भए त्यो दिवास्वप्न मात्रै हुने उनले चेतावनी दिए।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिप्ले किरा भन्दै नेता नेपालले कुरा मिठो मिठो गर्ने तर काम केही नगर्ने ब्यक्ती भएकोले प्रचण्डको बोलीमा आफूहरुको विश्वास नभएको बताए।

सहमतिको सरकारको नेतृत्वको विषयमा एमाले पूर्व सहमति अनुसार काग्रेसको नेतृत्वमा गठन गर्न प्रतिबद्ध रहेपनि काग्रेसमै झगडा परेर अप्ठ्यारो अवस्था आएको भन्दै एमालेलाई नेतृत्वको जिम्मा दिए एक मिनेटमै एमालेले उमेदवारी खडा गर्ने ठोकुवा गरे।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by