Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रपतिलगायत शीर्ष नेताहरुद्वारा विजयादशमीको शुभकामना

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ कार्तिक । हिन्दूहरुको महान चाड विजयादशमीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति तथा विभिन्न दलका शीर्ष नेताहरुले सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा शुख शान्ति तथा समृद्धिको मंगलमय शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति डा. रामवरण यादवले विजयादशमी २०६९ को अवसरमा दिएको शुभकामना सन्देशमा व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने दसैँजस्ता पर्वलाई हामीले सांस्कृतिक र धार्मिक रूपमा मात्र नहेरी साझा राष्ट्रिय सम्पदाको दृष्टिबाट समेत बुझ्नु, बुझाउनु र संरक्षण गर्नु समयोचित हुने बताएका छन्।

संविधान निर्माणलगायत कुरामा गतिरोध पैदा भई राजनीतिक सङ्क्रमणको घडी लम्बिनु मुलुककै निम्ति खिन्नताको विषय बनेको शुभकामना सन्देशमा उल्लेख छ। प्राप्त उपलब्धिको जर्गेना गर्दै नयाँ संविधान निर्माणलगायत जनआकाङ्क्षा पूरा गर्नका लागि पुनः कम्मर कसेर अघि बढ्नु एक मात्र विकल्प रहेका सन्देशमा उल्लेख छ।

शुभकामना सन्देशमा ऐतिहासिक जनआन्दोलनका महत्वपूर्ण उपलब्धिको जगेर्ना गर्दै समृद्ध नेपाल निर्माणको दिशामा लागिरहन दुर्गाभवानीले हामी सबैलाई आशिष दिऊन् शुभकामना सन्देशमा व्यक्त गरिएको छ।

उपराष्ट्रपति परमानन्द झाले शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान नेपाली जनताको अन्तरमनको चाहनाका रूपमा रहेको उल्लेख गर्दै विगतका वर्षको अनुभवले यो कार्यको परिपूर्ति राष्ट्रिय सहमति र सहकार्यबाट मात्रै हुन सक्ने भएकाले नेपालीलाई एकताबद्ध गर्दै सहमति र सहकार्यको बाटामा अघि बढ्न भगवती दुर्गाले प्रेरणा प्रदान गरुन् भनी शुभकामना व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शुभकामना सन्देश दिदै आजका जटिल समस्याको उचित समाधान गरेर देशमा दिगो शान्ति कायम गर्ने, राष्ट्रिय हितको संवद्र्धन गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण गर्ने गुरुत्तर जिम्मेवारीलाई सबैले आआफ्नो क्षेत्रबाट पूरा गर्नुपर्ने आवश्यकता औल्याएका छन्। कोइरालाले देशभित्र र बाहिरका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बडादशै, शुभदीपावली, नेपाल संवत्, छठ, इद र ल्होसारलगायत पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

खनालले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय सहमति, सामाजिक सद्भाव र सम्पूर्ण नेपालीको प्रगतिका लागि शुभकामना व्यक्त गर्दै यस चाडका अवसरमा मुलुकमा चौतर्फी सङ्कट गहिरिँदै गइरहेका बेला राष्ट्रिय एकता र सहमतिबिना राष्ट्रको अग्रगति सम्भव नभएको भन्दै सहमतिका लागि आग्रह गरेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by