Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

लोभमा फसे साथीहरुः सभापति कोइराला

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ कार्तिक । नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले माओवादीले प्रधानमन्त्री बनाईदिने लोभमा परेर संविधानसभा पुनःस्थापनाको बकालत गरेको दावी गरेका छन्।

उनले संविधानसभा पुनःस्थापनाको कुरा डेट एक्सपायर जस्तै भईसकेको भन्दै कुनै पनि हालतमा पुनःस्थापना हुनै नक्ने ठोकुवा गरे।

बाणी बहसका लागि ऋषि धमलासँगको कुराकानीमा उनले नयाँ निर्वाचनबाट मात्रै मुलुकले निकास पाउने भएकोले निर्वाचनमा जानुको विकल्प नभएको स्पष्ट पारे। कोइरालाले पार्टी पुनःस्थापना वा निर्वाचनको विषयमा निर्णय गरेपछि अब बस्ने केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने सम्बन्धमा स्पष्ट निर्णय गर्ने जानकारी दिदै त्यसपछि पार्टी निर्णय विपरित बोल्दै हिड्नेलाई कारवाही गर्ने चेतावनी दिए।

दशै अघिनै सहमतिको सरकार बनाउनको लागि प्रधानमन्त्रीले मार्ग प्रसस्त नगरे काग्रेससँग आन्दोलनमा जानुको विकल्प नहुने स्पष्ट पार्दै कार्तिक २४ गते राजधानीमा हुने आमसभामार्फत काग्रेसले आन्दोलनको घोषणा गर्ने र सोही आन्दोलनले सरकार परिवर्तन हुने चेतावनी दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by