Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दशैंको मुखैमा खुस्कियो खाईपाईको मन्त्री पद

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ५ कार्तिक । श्रम तथा रोजगारमन्त्री कुमार बेलबासेको दशैं दुःखद र अपमानजनक सावित भएको छ।

बेलबासेले म्यानपावर कम्पनी दर्ता गरिदिने भन्दै घुस मागेको भिडियो सार्वजनिक भएपछि उनको खाईपाईको मन्त्री पद खुस्किएको हो।

घुस प्रकरणमा मुछिएका बेलबासेलाई प्रधानमन्त्री बाबुराम भट्टराईले राजिनामा दिन निर्देशन दिएपछि उनले शनिवार साँझ फ्याक्स पठाएर राजीनामा दिनु पर्यो।

यसैबीच, प्रधानमन्त्रीले श्रम तथा रोजगार मन्त्रालयको कार्यभार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले सम्हाल्ने गरी तोकेका छन्। नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (८) को खण्ड (क) बमोजिम मन्त्री पदबाट बेलबासेले राजीनामा दिएकाले उनले सम्हाल्दै आएको मन्त्रालय बोगटीलाई दिइएको हो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by