बुधबल गुरुङ /एचकेनेपाल डट कम-
दोहा–कतार, २० अक्टोबर । यस बर्षको दशैमा चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) ले कतारवासी नेपालीहरुलाई पेट मिची मिची हसाउने भएका छन् भने लोक गायिकाहरु देवी घर्ती र राधिका हमालले लोक दोहोरीका पारखीहरुलाई दोहोरी गीत सुनाउने छन्।
उनीहरु तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले आयोजना गरेको खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ को ग्राण्ड फिनाले कार्यक्रममा आफ्नो प्रस्ुतती दिन कतार आउने भएका हुन्।
आयोजकका अनुसार खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ को ग्राण्ड फिनाले कार्यक्रमको सम्पूर्ण तयारीहरु पुरा भएको छ। मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईद अल अधा (बक्रर ईद) को दोश्रो दिन मुन्ताजास्थित अल अरबी स्पोर्ट क्लवमा दिनको २ बजेदेखि शुरु हुनेछ। सोही दिन उत्कृष्ट लोक दोहोरी समूह कतारको घोषणा गरिने आयोजकले जनाएको छ।
कुल २४ समूहहरुबीच भएको प्रतिष्पर्धाबाट उत्कृष्ट चार समूहहरु
प्रवासी सांगीतिक परिवार– ए (भोटिङ्ग नं. १),
प्रवासी सांगीतिक परिवार –बी (भोटिङ्ग नं. २),
नव प्रतिभा समूह (स्याङ्गजा सहयोग समाज कतार (भोटिङ्ग नं. ३)
फेवा सांस्कृतिक परिवार÷कास्की आदर्श सेवा समाज–बी (भोटिङ्ग नं. ४)
ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् । ग्राण्ड फिनालेमा पुग्ने चार प्रतियोगिहरुले नेपालबाट आमन्त्रित चर्चित लोक गायिकाहरु राधिका हमाल र देवी घर्ति मगरसंग दोहोरी गाउने छन्।
त्यसै गरी चर्चित लोक गायिकाहरु राधिका हमाल र देवि घर्ति मगरले पनि आ –आफ्नो प्रस्तुति दिनेछिन् । त्यसका साथै कार्यक्रमलाई चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढो) ले अझ मनोरन्जनात्मक बनाउने छ । सोही कार्यक्रममा कतारमा स्थापित कलाकारहरु
दिनेश लिम्बु -गैर आवासिय नेपाली तारा (२०११)
संगीत जेम्स लिम्बु -गैर आवासिय नेपाली गायन तारा (२०११, दोश्रो),
विवश दुतराज -गैर आवासिय नेपाली नृत्य तारा (२०११),
समिक्षा श्रेष्ठ -गैर आवासिय नेपाली नृत्य तारा (२०११ , दोश्रो)
चर्चित डान्सर यसोदा बस्नेत
को प्रस्तुती रहनेछ । यसका साथै कार्यक्रममा नेपाली ब्याण्ड द रेन्ज र तमू सांस्कृतिक परिवार कतारका कलाकारहरुको पनि विशेष प्रस्तुती रहने कुरा आयोजकले जनाएको छ।
निर्णायक मण्डलका संयोजक तथा बरिष्ट लोक गायिका देविका के.सी गुरुङका अनुसार ग्राण्ड फिनालेको निर्णायक मण्डलमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा लोक गायक दुर्गा रायमाझी पनि रहने छन्।
आयोजकका अनुसार यस प्रतियोगितामा प्रथम हुनेलाई कतारी रियाल २ हजार ५ सय र ट्रफि, द्वितीय हुनेलाई कतारी रियाल १ हजार ५ सय र ट्रफि, तृतीय हुनेलाई कतारी रियाल १ हजार र ट्रफि र चौथो हुने समुहलाई आर्कषक सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको जनाईएको छ।
कार्यक्रम हल सम्म आउनको लागि सनैयाबाट दिनको १२ बजे, १२.३० र १.०० बजे गरी तीनवटा बसको ब्यवस्था गरिएको छ । त्यसै गरी दोहो अल फर्दनबाट १२ बजे र १२.३० दुईवटा बसको ब्यवस्था गरिएको छ।
“हामीले सम्पन्न गरेका हरेक कार्यक्रमहरु कतारवासी नेपालीहरु र यहॉ स्थापित संघ संस्थाहरुको सहयोगले नै सम्पन्न भएको हो, यस कार्यक्रमलाई पनि उहॉहरुकै सहयोगले यहॉ सम्म आई पुगेका हौ”– तमू समाज कतारका अध्यक्ष तथा कार्यक्रम संयोजक बिमल गुरुङ बताउनु भयो – “हामी उहॉहरुको सहयोग प्रति आभारी छौ । त्यसलै हामी कार्यक्रम अति नै मनोरन्जनात्मक बनाउन कटिबद्ध छौं ।” साथै उहॉले संगित कला प्रेमी कतारवासी सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्न पनि अनुरोध गरेको छ।
खुल्ला नृत्य प्रतियोगिता २००८, गैर आवासिय नेपाली तारा – २०१०, गैर आवासिय नेपाली तारा – २०११ जस्ता कार्यक्रमहरु सम्पन्न गरि सकेको यस संस्थाले आयोजना गर्ने यस कार्यक्रम पनि सफल हुनेमा विश्वस्त छ । नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र प्रवासमा कार्यरत कला प्रेमी नेपालीहरुको प्रतिभालाई कदर गर्ने यस संस्थाले आयोजना गरेको कार्यक्रमहरु अति नै मनोरन्जनात्मक हुने कुरा कतारवासी नेपालीहरुले बताएका छन् । यस कार्यक्रमबाट पनि भरपुर मनोरन्जन लिने बताएका छन् ।
सम्सरा थकाली भान्छा घरका प्रवन्ध निर्देशक हरि पुन र प्रकाश गुरुङ्गको व्यवस्थापनमा गत सेप्टेम्बर २१ शुक्रवारका दिनबाट शुरु भएको छनौट चरणका कार्यक्रमहरु गत अक्टुबर ५ तारिखका दिन सम्पन्न भएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b