Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पुनःस्थापना नै गर्नु पर्छ भनेको होईनः प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ कार्तिक । दशै, तिहार, नेपाल संबत र छठ पक्षको अवसरमा रिपोर्टर्स क्बल नेपालले शनिवार आयोजना गरेको सहमतिय चियापान कार्यक्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभाको पुनःस्थापना एमाओवादीको अडान नभएको स्पष्ट पारेका छन्।

प्रधानमन्त्रीले आफूहरुले नै निर्वाचन घोषणा गरेकोले त्यसैको पक्षमा रहेको भन्दै संविधानसभाको पुनःस्थापनामा सहमति बन्न नसके निर्वाचनको विधी र प्रक्रियामा सहमति जुटाएर निर्वाचनमा जानु पर्ने धारणा राखे।

दलहरु आ आफ्नो अडानबाट पछि हटे सहमति बन्ने दावी गर्दै प्रधानमन्त्री भट्टराईले दशै र तिहारको विचमा सहमति बन्ने विश्वास ब्यक्त गरे। उनले भने–हामी राष्ट्रिय सरकार निर्माणको पक्षमा छौ। त्यसको लागि छिटै दलहरुवीच सहमति बन्नु पर्छ सहमति गरेर चैत बैशाख भित्र नयाँ निर्वाचन गर्नु पर्छ। छलफल घनिभुत भईरहेको छ । दलहरुले समस्या बुझेकोले सहमति बन्छ।

उनले राष्ट्रिय सहमतिकोलागी आफ्नै नाम प्रस्ताव गर्दा सहमति बन्न नसक्ने र त्यसले राष्ट्रिय सहमति प्राप्त गर्न नसक्ने भन्दै सहमतिको सरकारको नेतृत्व सहमतिबाटै हुनु पर्ने जिकिर गरे।

भ्रष्टाचारका आरोप लागेका श्रम मन्त्री कुमार बेल्बासे र उनी प्रतिनिधित्व गर्ने नेकपा मालेका महासचिव सीपी मैनालीलाई तत्काल सरकारबाट फिर्ता बोलाउन आफूले आग्रह गरिसकेको जानकारी दिदै प्रधानमन्त्रीले शनिवार भित्रै मन्त्रीबाट फिर्ता नभए आईतवार आफूले बर्खास्त गर्ने स्पष्ट पारे। प्रधानमन्त्रीले भने–आफै करेक्सन नगरे म एक्सन लिन्छु।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by