Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

२ किलो सुनसहित पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
महेन्द्र नगर, २ कार्तिक ।  प्रहरीले बझाङ कोटभैरव गाविस घर भएका २८ वर्षीय विशाल खड्कालाई १ किलो सय ४४ ग्राम सुनसहित पक्राउ गरेको छ।

लामो समयदेखि भारतको बेंग्लोरमा काम गर्दै आएका खड्का आफू काम गर्दै गरेको घरबाट उनीसहित तीन जना नेपाली मिलेर चार किलो सुन लिएर फरार भएका थिए।

भीमदत्त नगरपालिका-६ वनगाउँस्थित ससुरालीबाट प्रहरीले खड्कालाई सुनसहित बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी बिर्खबहादुर रावलले जानकारी दिए।

उनीसंगै फरार अन्य दुई जनाको खोजी कार्य जारी छ।  सुन लिएर फरार भएका अभियुक्तको खोजीमा भारतीय प्रहरी सीमावर्ती भारतीय बजार बनबासासम्म आएका थिए।

पक्राउ परेकोबारे भारतीय प्रहरीलाई खबर गरिसकेको रावलले बताए। सुन र पक्राउ परेका युवकलाई प्रहरी प्रधान कार्यालय बुझाइने उनले बताए। सुन भारतीय प्रहरीलाई बुझाउने र भारतीय प्रहरीसंग समन्वय गरी कारवाही प्रक्रिया अगाडि बढाउने रावलले बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by