एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ कार्तिक । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाई दिने लोभमा पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल संविधानसभा पुनःस्थापना गराउन लागि परेको आरोप लगाएका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा उनले भने–प्रचण्डजीले रामचन्द्र र देउवालाई प्रधानमन्त्रीका पासा फालिदिनु भएको छ, त्यसैले उहाँहरु संविधानसभा पुनःस्थापनाको पक्षमा लाग्नु भएको हो तर उहाँहरुले भनेकै भरमा संविधानसभा पुनःस्थापना हुन सक्दैन।
साक्षात्कारमा कोइरालाले संविधानसभाको पुनःस्थापना भए त्यसले मुलुकमा जातीय द्धन्द्ध सुरु गर्ने ठोकुवा गर्दै निर्वाचनमा जानु बाहेक अर्को कुनै विकल्प नभएको बताए। उनले यथास्थितिमा संविधानसभाको पुनःस्थापना गरे मुलुकले कुनै पनि हालतमा संघीयता पाउन नसक्ने समेत स्पष्ट पारे।
राष्ट्रपतिले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई हटाउन नसक्ने दावी गर्दै उनले प्रधानमन्त्री हटाउन दलहरुले राष्ट्रपतिलाई गुहार्ने काम तत्काल छाड्नु पर्ने धारणा राखे। कोइरालाले भने–प्रधानमन्त्री हटाउने काम राजनीतिक दलहरुको हो। राष्ट्रपतिको होईन।
कोइरालाले कार्तिक मसान्तसम्म बाबुराम भट्टराई नेतृत्वको सरकार परिवर्तन भएर नयाँ सरकार गठन हुने दावी गगर्दै भने–निर्वाचन घोषणा गरेर गराउन नसक्ने सरकारलाई कुर्सिमा बसिरहने हैसियत रहँदैन। फेरि बजेट पनि ल्याउन नसकेपछि कसरी सरकारमा बसिरहने। बाबुरामजीले सबै जिम्मेवारी लिएर कुर्सि छाडनै पर्छ भविष्यमा पनि राजनीति गर्ने हो भने।
माओवादी अध्यक्ष प्रचण्ड विहान एउटा र बेलुका अर्को कुरा गर्ने बोलीको ठेगान नभएको ब्यक्ति भएको भन्दै जसले निर्वाचनको घोषणा गर्यो उही पुनःस्थापनाको पक्षमा लागेको कुराको अर्थ आफूले बुझ्न नसकेको कोइरालाले बताए। उनले पुनःस्थापनाको कुरा गरेर प्रचण्डले सत्ता लम्ब्याउन खोजेको आशंका ब्यक्त गर्दै सरकारले राजिनामा नदिए नैतिकताको पाठ सिकाउँदै आन्दोलनबाट विस्थापित गर्नु पर्ने बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b