Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

म्यानहन्टको ट्यालन्ट राउण्ड सम्पन्न

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १ कार्तिक । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सद्वारा आयाजित म्यानहन्ट इन्टरनेशनल नेपाल २०१२ को ट्यालेन्ट राउण्ड राउण्ड बुधबार सम्पन्न भएको छ।

१२ प्रतिस्पर्धीहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेको ट्यालेन्ट राउण्डमा रचना गुरुङ्ग शर्मा, दर्शन राई, हेमा श्रेष्ठ निर्णायक रहेका थिए। म्यान हण्टको ग्राण्ड फिनाले शुक्रबार सुन्धारास्थित आर्मी अफिसर्स क्लवमा हुने आयोजकले जनाएको छ।

ग्रान्ड फिनालेबाट छनोट हुने एक प्रतियोगीलाई बैंककमा हुने म्यानहन्ट इन्टरनेसनल २०१२ प्रतियोगितामा नेपालका तर्फबाट सहभागी गराइने छ। सो प्रतियोगिता आगामी नोभेम्बर १ देखि ११ तारिखसम्म सञ्चालन हुनेछ।

म्यानहन्ट इन्टरनेसनल प्रतियोगितामा नेपालबाट प्रथम पटक सन् १९९५ सिङ्गापुरमा प्रसान्त ताम्राकारले नेपालको प्रतिनिधित्व गरेका थिए। सन् २००५ सुह्रिद ज्योतिले सिङ्गापुरमा नेपालको प्रतिनिधित्व गरेका थिए। यसैगरी २००७ मा चन्दन अग्रवाल तथा २००८ मा रिकेश श्रेष्ठले कोरियामा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएका थिए। प्रतियोगितामा चन्दनले मिष्टर पर्सनालिटी तथा रिकेशले मिष्टर फ्रेन्डशीपको अवार्ड जितेका थिए। यसैगरी, सन् २०१० मा भने कनिज कोइरालाले भियतनाममा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका थिए। सन् २०११ मा निरजन थापाले कोरियामा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by