एचकेनेपाल डट कम संवाददाता-
न्युयोर्क, १ कार्तिक । एमाले नेता केपी शर्मा ओली उच्च ज्वरोले थलिएपछि अस्पतालमा भर्ना भएका छन्।
उच्च ज्वरो नघटेपछि उनलाई मंगलवार विहान क्वीन्सस्थित फरेष्ट हिल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो।
उनी मेक्सिकोमा सम्पन्न एक राजनीतिक सम्मेलनबाट फर्केलगत्तै उच्च ज्वरोले थला परेका थिए।
सिकिस्त विरामी भएपछि उनको बुधवार कोलम्बो पुग्ने कार्यक्रम रद्द भएको छ। विगतमा मृगौला प्रत्यारोपण गरिएका ओलीको रगतमा हेमोग्लोबिन कमी भएको जनाइएको छ।
ओलीको स्वास्थ्य अवस्था सुरुमा चिन्ताजनक रहेपनि अहिले सुधार भएको सम्बन्धित चिकित्सकहरुले बताएका छन्। उनलाई केही दिन सोही अस्पतालमा राखिने र आवश्यक परे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लैजाने तयारी भइरहेको जनाइएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b