Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दिपेनको ‘कान्छी मट्याङ ट्याङ’ (Video)

शिव मुखिया / एचकेनेपाल डट कम-
एकताका निकै चल्तीको गीत थियो–‘कान्छी मट्याङ ट्याङ ।’ लक्ष्मीप्रसाद जोशीको संगीत-स्वरमा सजिएको यो गीतले पूर्वेली श्रोताको मन जितेको थियो।

कालान्तरमा लोक शैलीको ‘कान्छी मट्याङ ट्याङ’ले आफूलाई टिकाइरहन सकेन। पछिल्लो पुस्ताले यस गीतको स्वाद पाएका छैनन्। इलामे गायक दिपेन गुरुङले यहि गीतलाई पूर्नताजगी गरेर वजारमा ल्याएका छन्। उनले कान्छी मट्याङ ट्याङलाई लोक–आधुनिक फ्लेवरमा पस्किएका हुन्।

‘यो रमाइलो गीत छ’ दिपेन भन्छन्, ‘अहिलेको पुस्ता्ले रुचाउने खालको।’ उनले गीतलाई थोरै मोर्डनाइज गरेर ल्याएको वताए। यो गीत सुन्न मात्र होइन, हेर्न पनि सकिन्छ। निकै मिहेनत गरेर यसको म्युजिक भिडियो निर्माण गरिएको छ। भिडियोमा नायक दिलिप रायमाझी लगायतको अभिनय छ।

यो गीत समेटिएको एकल गीति संग्रह ‘प्रतिविम्व’ दिपेनले हालै सार्वजनिक गरेका छन्। दरवारमार्गस्थित मालिङ्गो रेष्ट्रो गजल एन्ड वारमा संगीतकार प्रकाश गुरुङले उक्त एल्वम विमोचन गरेका हुन्।

एल्वममा लोक आधुनिक शैलीका सात गीत छन्। त्यसो त उनका अन्य गीत पनि कम कर्णप्रिय छैन। वुद्धवीर लामा, चन्द्रकुमार दोङ, मुकुन्दराज शर्मा जस्ता चल्तीका गीतकारका गीतहरु ‘प्रतिविम्वमा’ सुन्न सकिन्छ। धनु मगर, तुलसी वस्नेत जस्ता पछिल्ला पुस्ताका चर्चित गीतकारको गीतलाई पनि दिपेनले आफ्नो सुरिलो भाकामा सजाएका छन्। उक्त गीतहरुमा भवनु सुप्तिहाङ राई, राज तामाङ र उज्वल लिम्वु, चन्द्रकुमार दोङले संगीत दिएका छन्।

खासमा थाङ्का कलाकार हुन् दिपेन। चित्रकारितामा विशेष दख्खल राख्ने दिपेन साधना कला केन्द्रवाट संगीत प्रशिक्षण पनि लिइरहेका छन्। आधुनिक गीत गाउन रुचाउने उनले केहि कलेक्सन एल्वममा स्वर दिएका छन्। कृपा–दृश्य डिजिटल प्रालिले एल्वम उत्पादन तथा वजार प्रवद्र्धन गरिरहेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by