Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङमा सहिद ‘माङतोक’को स्मृति दिवस सम्पन्न

रविन लिङदेन / एचकेनेपाल डट कम-
हङकङ, १६ अक्टुवर । लिम्बुवानको आन्दोलनको क्रममा सहिद भएका राजकुमार आङदेम्बे ‘माङतोक’को पाचौं समृति दिवस हङकङमा सम्पन्न भएको छ।

आइतबार जोर्डनस्थित फूलवारी क्लबमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्यसमिति हङकङको आयोजनामा उक्त स्मृति दिवस सम्पन्न भएको थियो।

माङतोक पाँचौं स्मृति दिवसको अवसरमा बोल्दै नेकपा एमाले हङकङका निवर्तमान अध्यक्ष ओमराज सम्बाहाम्फेले एमाले परित्याग गरेको बताएका छन्। सम्बाहाङ्फेले आफूलाई एमालेसंग जोडेर कुनैपनि कार्यक्रममा नबोलाउन वा सम्बोधन नगर्न आग्रह गरेका छन्।

‘एमालेमा रहंदा कुवाभित्रबाट देखिएको आकाश मात्र आकाश देखिने बताउँदै कुवाबाट बाहिर निस्कनु पर्ने औंल्याए। कुवाबाट बाहिर निस्किएपछि मात्र वास्तविक आकाश देखिने भएकोले सबै जातीय, क्षेत्रीय, वर्गीय, लिङ्गीय मुद्दाको योद्धाहरुले एमालेबाट पार्टी परिवर्तन गर्नुपर्ने’ सम्बाहाङ्फेले बताए।

आदिवासी जनजाति पत्रकार महासंघको अध्यक्ष तथा सनराईज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङले कुनै न कुनै रुपमा सहिद नभई आन्दोलनहरु सफल नहुने बताए। ऐतिहासिकताको आधारमा लिम्बुवान हुने भएकोले त्यो एकै जातिको मात्र नहुने भन्दै सबै जातिको लिम्बुवान हुने बताए। लिम्बुवानभित्र सबै जाति अटाउने, राजनीतिक रुपले सबै जातिको सहभागिता हुने खालको लिम्बुवान हुनेमा एमाले कांग्रेसले जातीयताको झुटा ब्याख्या गरेर भ्रम फैल्याएको बताए।

लिम्बुवानकम वरिष्ठ गायक भगत सुब्बाले माओवादीको बलमा मात्र नेपालमा ठूला–ठूला परिवर्तनहरु सम्भव भएको बताए। संघीयताको विषयमा एमाले र कांग्रेसले नेपाली जनताहरुलाई भ्रम सिर्जना गरी संविधानसभा नै विघठन गरेको सुब्बाले बताए।

प्रवास कार्यसमिति हङकङको अध्यक्ष विष्णु इङनामको अध्यक्षतामा भएको कार्यक्रम सचिव झरमान लिङदेनले संचालन गरेका थिए। कार्यक्रमको प्रमुख अथिति किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफङवा रहेका थिए भने विशेष अथिति नेपाली महासंघको अध्यक्ष प्रदिप थापा रहेका थिए। महिला सचिव कुमारी हाङमाले स्वागत मन्तव्यको क्रममा सहिदको सपना पूरा गर्नु पर्ने बताइन्। सबैले आ–आफ्नो तर्फबाट एक कदम अघि बढेमा सहिदको सपना पूरा हुने बताइन्।

अरुणपूर्व नौं जिल्ला लिम्बुवान हुनुपर्ने माग सहितको आन्दोलनको क्रममा पाँचवर्ष अघि झापा जिल्लाको कमलमा सशस्त्र प्रहरीको गोली लागेर आङदेम्बेको घटना स्थलमै मृत्यु भएको थियो। उनको सम्झनामा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले विभिन्न ठाउँहरुमा हरेक वर्ष स्मृति दिवस मनाउने गरेको छ।

सहिद स्मृतिमा किया.चु. हङकङका निवर्तमा अध्यक्ष कृष्णराज लावती, लिम्बुवान मोर्चाको महासचिव अभिचन्द्र इङनाम, भगिराज चोङबाङ, प्रदीप कन्दङवा, मानवहादुर नाल्बो, मदन कन्दङवा लागायतका वक्ताहरुले नेपालको राजनीति र सहिदको सपनाको वारेमा आ–आफ्नो धारणा राखेका थिए। उक्त अवसरमा पाँचजनाले संगठनमा प्रवेश गरेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by