Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बालक बन्धक बनाउने भिक्षुलाई जेल सजायको माग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २९ असोज । काठमाडौं जिल्ला चण्डेश्वरी गाविस वडा नं. २ बस्ने विजय जोशीले आफूलाई भिक्षु बनाईदिन्छु भनी श्रीलंका पु-याएर बन्धक बनाउने भिक्षु सद्धातिस र भिक्षु कोलितलाई जेल सजाय गर्न सरकारसँग माग गरेका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै २२ वर्षीय विजयले भने– म १० वर्षको हुँदै भिक्षु बनाई श्रीलंकाको बलगल्लमा पु¥याई ८ वर्षसम्म बन्धक बनाई राखे, मलाई रोडा ढुंगा, माटो बोकाई घरमा समेत सम्पर्क गर्न नदिई खान पनि नदिई बन्धक बनाए। ती कथित भिक्षुहरुलाई पक्रेर कारवाही गर्नु पर्छ।

विजय बन्धक बनाईएको ८ वर्षपछि २०६६ सालमा एक जना विदेशी नागरिकको सहयोगमा प्लेन टिकट काटी भागेर नेपाल आउन सफल भएका थिए। उनले भने– त्यसरी आउन नसकेको भए मेरो ज्यानसमेत जाने स्थिति थियो।

बन्धक बनाउने भिक्षुहरु हाल टोखाकै बुद्धविहारमा बस्दै आएको उनले बताए। उनीहरुका विरुद्ध प्रहरी प्रशासनमा २०६९ असोज २३ गते प्रमाणसहित लिखित निवेदन दिँदा पनि प्रशासनले कुनै चासो नदिई अपराध गर्ने भिक्षुहरुलाई बचाउन खोजेको आरोप लगाए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by