Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेविसंघविरुद्ध नेविसंघ नै आन्दोलित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २९ असोज । प्राविधिक विद्यार्थी परिषद विघटनको विरोधमा नेविसंघका विद्यार्थीहरु नै नेविसंघविरुद्ध आन्दोलित बनेका छन्।

नेपाल विद्यार्थी संघका संयोजक रञ्जित कर्णले पार्टीको निर्देशन र संघको केन्द्रीय कमितिको निर्णय विपरित ईन्जीनियर, ओवरसियर भर्नामा आर्थिक लाभ लिने उद्धेश्यले प्राविधिक विद्यार्थी परिषद विघटन गरेको भन्दै त्यसमा आवद्ध विद्यार्थीहरु आन्दोलित बनेका हुन्।

जिल्ला, क्याम्पस संगठनमा अधिवेशन गराएर नेपाल विद्यार्थी संघको नयाँ अधिवेशन गर्ने जिम्मेवारी पाएका संयोजक कर्णले भएको परिषदको कमिटि विघटन गरी आफू खुसी आफू निकट ब्यक्तिलाई संयोजक बनाएको भन्दै बिघटित समितिका अध्यक्ष विकास क्षेत्रीले आपत्ति प्रकट गरे।

रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा उनले आफूहरुलाई अबैद्य रुपमा भंग गरिएको विरुद्ध नेविसंघको केन्द्रीय कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गरिएको भन्दै अबैद्य निर्णय नसच्याएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिए।

सचिव सुदिप शर्माले महाधिवेशन गरेर नेविसंघलाई एक बनाउन दिईएको जिम्मेवारी विपरित संयोजक कर्णले विभेदको राजनीति सुरु गरेको भन्दै त्यसलाई कदापि सहेर नबस्ने चेतावनी दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by