धरान(ब्लाष्ट) / एचकेनेपाल डट कम-
शनिबारको रंगीन साँझलाई फेशनको राजधानी मानिने धरानमा धेरै वर्षपछि आयोजना भएको भव्य फेशन सो ‘सिग्राम्स रोयलस्टाग फेशन ट्रेण्डस् २०१२’ ले परै झुमायो।
हाल काठमाडौंमा बसोबास गर्ने नेपालका चर्चित धराने फेशन डिजाइनर उत्तम वनेपालीको एकल डिजाइनमा तयार भएका परम्परागत साडी, पार्टी वेयर, क्याजुअल कुर्ता, नेपाली ढाका र गाउन, लगायतका डिजाइनमा ६ वटा सिक्वेन्समा हालकी मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ, मिस पूर्वाञ्चल २०१२ अस्मिता गुरुङसँगै पहिलो मिस नेपाल रुवी राणा, मिस नेपाल २०१० सदीक्षा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल २०११ सरिना मास्के, गायिका विष्णु चेम्जोङ, मिस पूर्वाञ्चल २०११ प्रतिभा श्रेष्ठ, मिस नेपाल २०१२ फस्ट रनर अप सन्दीपा लिम्बू, मिस लिम्बू फस्ट रनर अप डा. एलिसा वनेम लिम्बू लगायत चर्चित हेयर स्टाइलिष्ट निल डेविड कटुवाल, नायक जीवन लुइटेल, मोडलहरु रोशन श्रेष्ठ, राजकुमार तामाङ, नमित चन्द र स्थानीय मोडलहरु ज्योति श्रेष्ठ, सरल श्रेष्ठ, कंचन तामाङ, प्रज्ञा श्रेष्ठ, अमिना पाख्रिन, सपना श्रेष्ठ, चन्द्रीका मोते, पुजा लामाले ¥याम्प नापे।
पार्टी वेयरमा उत्रेका चिकित्सकहरु तरुण प्रधान, निशा मट्ट, नरेन्द्र भट्ट, मनोज श्रीवास्तव, अजय अग्रवाल, ज्योति अग्रवाल, एलिन सुन्दासको ¥याम्पवाक पनि निकै आकर्षक रहयो । उनीहरु हेयरस्टाइलिष्ट निल डेविड, गायिका विष्णु चेम्जोङ र हालकी मिस नेपाल सृष्टि श्रेष्ठ र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेशनल सरिना मास्केसँग ¥याम्पमा उत्रेका थिए।
गाउन सिक्वेन्समा मिस नेपाल सृष्टि श्रेष्ठ र गायिका विष्णु चेम्जोङ, मोडल हेमा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल सरिना मास्केसँग मिस पूर्वाञ्चल २०१२ अस्मिता गुरुङ र फस्ट रनर अप सन्दिपा लिम्बूले एक साथ ¥याम्प नापे भने नेपाली ढाका टोपीमा पहिलो मिस नेपाल रुवी राणाको क्याटवकमा सबै झुमे उनीसँगै नायक जीवन लूइटेल, नायिका नम्रता श्रेष्ठ, मिस पूर्वाञ्चल २०११ प्रतिभा श्रेष्ठ, नाियका रिमा विश्वकर्मा र मिस लिम्बू फस्ट रन अफ डा. एलिसा लिम्बूले ¥याम्प नापे।
बाल मोडलहरु शब्दिका श्रेष्ठ, दिपराज श्रेष्ठ, जेनिसा श्रेष्ठको क्याटवक चालबाट सुरु भएको फेसन ट्रेण्डसको पहिलो साडी सिक्वेन्समा प्रतिभा श्रेष्ठ, विष्णु चेम्जोङ, सरिना मास्के, सृष्टि श्रेष्ठ, सरिना श्रेष्ठसँगै धराने मोडलहरु ज्योति श्रेष्ठ, सरल श्रेष्ठ, कंचन तामाङ, डा. एलिसा लिम्बू र प्रज्ञा श्रेष्ठको क्याटवकलाई सबैले मन पराए । एकपछि अर्काे गर्दै ६ वटा सिम्वेन्सको करीव २ घण्टा लामो सिग्राम्स रोयलस्टाग फेशन टेण्डन २०१२ सकिएको आभास दर्शकहरुले पाउनै सकेनन्। ¥याम्पका सबै भाग गरी करिव ८० फिटको ¥याम्पमा मोडलहरुले क्याटवक गरेका थिए । कार्यक्रममा भव्य तामझामका साथ राम्रो साउण्ड सिस्टम र लाइटको व्यवस्था गरिएको थियो।
कार्यक्रमको डिजाइनर उत्तम वनेपालीद्वारा डिजाइन गरिएको तथा मिस वल्र्ड २०१० मा मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले वेस्ट ड्रेसका लागि लगाएको मयुर पङ्खी ड्रेस तथा मिस इन्टरनेशनल २०११ मा मिस इन्टरनेशनल नेपाल २०११ सरिना मास्के लगायको गौतम बुद्ध तथा सगरमाथा र नेपाली राष्ट्रिय झण्डा चिनाउने ड्रेस समेत सदिक्षा र सरिना आफैले लगाएर ¥याम्पमा हिडेका थिए । सरिनाले उक्त ड्रेस लगाएर हिडँदा ¥याम्पमा लडेकी थिइन्।
पूर्वाञ्चलको फेशनमा नयाँ आयाम थप्न सफल यस कार्यक्रमले फेशनको राजधानी मानिने धरानमा फेशनमा नयाँ रंग दिन कार्यक्रम आयोजना गरिएको र त्यसमा सफल समेत भएको अयोजक छत्र लिम्बूले बताए। लामो प्रयासपछि यतिका सेलिव्रेटीहरुलाई पूर्वेली मोडलहरुसँग ¥याम्पमा उतार्न सफल भएको र यस्ता कार्यक्रमहरुलाई भविष्यमा पनि निरन्तरता दिइने संयोजक सौरभ श्रेष्ठले बताए।
स्थानीय श्री ल्याबोरेटरी उच्च मा.वि.को सहयोगको लागि भएको सिग्राम रोयल स्टाग फेसन टेण्डन २०१२ मा प्रदेश लिम्बू, डिल्ली फोम्बो र मौसमी गुरुङले गीत समेत प्रस्तुत गरेका थिए । उत्तम वनेपालीको डिजाइनलमा उत्रेका सबै सेलिव्रेटि तथा मोडलको कोरियोग्राफि प्रियारानी लामाले गरेका थिइन्।
तस्विरहरुः सोहन श्रेष्ठ / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b