Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

फोटो वुक विक्रीबाट साढे ३ लाख सिक्लेस र पार्चे गाउँलाई

देवीजंग तमु / एचकेनेपाल डट कम-
पोखरा, १७ फाल्गुन। युकेस्थित सिक्लेसीचेली प्रो. डा सारा पार्करको सम्पादन र सिक्लेस विकास सरोकार समूह सिक्लेसको समन्वयमा प्रकाशित “हाम्रो गाउँ, हाम्रो जीवन” फोटो पुस्तक विक्रीबाट संकलित करीव साढे तीन लाख रुपैयाँ सिक्लेस र पार्चे गाउँमा रहेका विभिन्न संघसंस्थाहरुलाई वितरण गरेको छ।

वुधवार पोखरामा पत्रकार सम्मेलन गरी फोटो वुकबाट संकलित करीव ३ लाख २९ हजार ६ सय ७५ रुपैयाँ सिक्लेस र पार्चेमा रहेका नौँ संघसंस्थालाई वितरण गरेको हो।

विगत दुई वर्षदेखि फोटो सञ्चालन गरी संकलित रकम शिशु स्याहार केन्द्र सिक्लेसलाई ७५ हजार, अन्नपुर्ण माध्यमिक विद्यालय सिक्लेसलाई ६० हजार, सिक्लेस युवा क्लव सिक्लेसलाई ५० हजार, नल्कु प्राथमिक विद्यालय पार्चेलाई ३० हजार, सिक्लेस उपस्वास्थ्य चौकी सिक्लेसलाई १५ हजार र सिक्लेस टेली सेन्टरलाई नगद १५ हजार प्रदान गरेको हो।

त्यसैगरी, पार्चे वडा नं. ४ का आमा समूह र सिक्लेस गाउँका पाँचै वटा वडालाई ५/५ हजार, मादिखोला महिला विकास संघलाई १२ हजार र चिउली पार्चे तमु समाज पोखरालाई ५ हजार प्रदान गरेको हो।

सिक्लेस र पार्चे गाउँको सामाजिक विकासमा सहयोग पुर्‍याउन उद्धेश्यले वितरीत रकम उल्लेखित संघसंस्थाहरुलाई पार्चे गा.वि.सका निवर्तमान अध्यक्ष मनबहादुर गुरुङ, सिक्लेस विकास सरोकार समूहका अध्यक्ष हितमान गुरुङ र चिउली पार्चे तमु समाजका कार्यवाहक अध्यक्ष सुवेदार रणवहादुर गुरुङमार्फत प्रदान गरिएको हो।

फोटो पुस्तकमा सिक्लेस पार्चे भित्रका परम्परागत,सामाजिक अभ्यासहरु, कृषि व्यवसाय, पशुपालन व्यवसाय, घरेलु व्यवसाय, चार्डपर्व-रितिथिति, नाचगान, संस्कार संस्कृति र शैक्षिक तथा विकास निर्माण कार्यका साथै विभिन्न आकर्षक दृष्यहरु समावेश गरिएका छन्।

सिक्लेस विकास सरोकार समूहका अध्यक्ष हितमान गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सरोकार समूहका सचिव पोलबहादुर गुरुङ, पार्चे गा.वि.स निवर्तमान अध्यक्ष मनबहादुर गुरुङ, चिउली पार्चे तमु समाजका कार्यवाहक अध्यक्ष सुवेदार रणबहादुर गुरुङ, संचारकर्मी देवीजंग गुरुङ्गलगायतले फोटो बुकवारे चर्चा गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by