एचकेनेपाल डट कम संवाददाता –
चितवन, २७ असोज । चितवनको भरतपुर १० स्थित विशाल चोकको चौतारामा बस्दै आएका ७६ वर्षीय पूर्णप्रसाद र ७१ वर्षीया भक्तकुमारी धमलालाई नगद सहयोग गरिएको छ।
विदेशमा बस्दै आएका नेपालीले फेसबुक मार्फत जुटेको सहयोग कास्की ढिकुरपोखरी बडा न.६ पाउदोरकोट पोखरा घर भई काठमाडौं बस्दै आएकी सरिता गुरुङले बृद्ध दम्पत्तिलाई प्रदान गरिन्।
तस्बिर: सुबास गुरुङ / एचकेनेपाल डट कम
विदेशका विभिन्न स्थानमा रहेका नेपाली मार्फत जम्मा भएको ९२ हजार २ सय रुपैंया सहयोग गरिएको हो। बृद्ध दम्पत्तिबारे कान्तिपुरमा बिमल खतिबडाको समाचार प्रकाशित भएपछि सहयोग आउने क्रम जारी छ।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमा बृद्ध दम्पत्तिको फोटो राखेर सहयोगको अपिल गरेकी थिईन्। जस अनुसार फोटो पत्रकार मिलन तमुको नेतृत्वमा युकेमा ४५ हजार र सुनिल गुरुङको नेतृत्वमा सिड्नीमा २७ हजार २ सय जम्मा भएको थियो।
हङकङ, कतार, युके, नेपालबाट १ सयदेखि ८ हजारसम्म भएको सहयोग प्रदान गरिएको हो। गुरुङले बृद्ध दम्पत्तिलाई बैंकमा राख्ने गरी लियो क्लव अफ भरतपुरलाई प्रदान गरिन्। उता लियो क्लव अफ भरतपुरले समेत प्रयास संरक्षणको अभियानको रुपमा सहयोग जुटाएका छन्।
किस्ट बैंकमा खाता खोलेर क्लवले सहयोग अभियान सुरु गरेको अभियानका संयोजक किर्तिराज तिवारीले बताए। उनका अनुसार किस्ट बैंकको खाता नम्बर ०१७००००१२३ सिए मा ७५ हजार रुपैंया जम्मा भएको छ। दुबै बृद्धले आफूलाई पैसा भन्दा घर बनाइदिन आग्रह गरेपछि क्लवले रकम जम्मा गरी घर बनाउन लागी पर्ने जनाएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b