Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखरामा पहिलो पटक विच भलिवल प्रतियोगिता हुने

दिननाथ बराल / एचकेनेपाल डट कम –
कास्की, २७ असोज । पोखरामा पहिलो पटक आयोजना हुन लागेको तेश्रो संस्करणको राष्ट्रिय पुरुष विच भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ।

नेपाल भलिवल संघको आयोजनामा यही असोज २९ देखि कार्तिक १ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

प्रतियोगितामा ३ विभागीय सहित १८ टोलीको सहभागिता रहने भएको छ। प्रतियोगितामा नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ, विश्व बिद्यालय र पाँच विकास क्षेत्रका २÷२ टोली गरी १८ टोलीको सहभागिता रहने संघले जनाएको छ।

पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघ एवम कास्की जिल्ला भलिवल संघको व्यावस्थापनमा उक्त प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाईने भएको प्रतियोगिता संयोजक रामनाथ भण्डारीले बताए।

प्रतियोगितामा प्रथम हुने टोलीले २० हजार, दोश्रो हुनेले १५ हजार, तेश्रो हुनेले १० हजार र शान्तोना एक टोलीले ५ हजार साथमा मेडल प्रमाण पत्र पाउने भएका छन्। प्रथम पुरस्कारको प्रायोजन नेपाल भलिवल संघका महासचिव जितेन्द्रबहादुर चन्द, दोश्रो पुरस्कारको प्रायोजन पोखरा लायन्स क्लब अफ सेन्ट्रल टाउन, तेश्रो पुरस्कारको प्रयोजन बगर भाईखलक र शान्तोनाको नगद पुरस्कार जिल्ला खेलकुद विकास समितिले गर्ने भएको छ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिताको विजेतालाई प्रदान गरीने ट्रफी हाल जापानमा रहनु भएका पश्चिमाञ्चल भलिवल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङले गरेका छन्।

संघको यस अघि काठमाडौको गौशालामा प्रथम, नेपालगन्जको बाँकेमा दोश्रो संस्करण सम्पन्न गरी सकेको छ भने पोखरामा तेश्रो संस्करण भएको नेपाल भलिवल संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए।

गत बर्षको विजेता नेपाल पुलिस हो। राष्ट्रिय खेलाडी टहल सिंह थापा मगर र रमेश केसीको पश्च्मिाञ्चलको एको टोलीको प्रतिनिधित्व गर्दै छन्। जिमप्रसाद श्रेष्ठ र अमृत केसी पश्मिाञ्चलको बी टोलीबाट मैदानमा उत्रिने तयारीमा रहेका छन। नेपाल पुलिसका संजय अर्याल र ईम राना ए र भरत शाह र चन्द्र कुवंर बी समुहबाट सहभागि हुने भएका छन्।

पोखराको पर्यटकीय स्थल फेवातालको किनारा बाराहीघाटमा पश्चिम पृतना हड्डाले हालै निमार्ण गरेको विच भलिवल कोर्टमा उक्त प्रतियोगिता संचालन हुने भएको छ । तीन दिनसम्म चल्ने उक्त प्रतियोगिता सम्पन्न गर्न करीब ८ लाख २५ हजार खर्च लाग्ने आयोजकले जनाएको छ।

पश्चिमाञ्चलका खेलाडीहरु भने करीब दुई हप्तादेखि प्रशिक्षणमा रहेका छन । राष्ट्रिय खेलाडी टहलसिंह थापा मगरको नेतृत्वमा खेलाडीहरु प्रशिक्षणमा व्यस्त रहेको प्रतियोगिता सचिवालय संयोजक डिवि नेपालीले बताए । पश्चिमाञ्चलको टोलीलाई जाईका नेपालका सिनियर भोलेन्टीयर नेमोतो सिगेस्ले प्रशिक्षण गराउदै आएका छन्।


खेल संयोजक भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याँमनाथ कुवंर, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने, क्रान्तीकारी पत्रकार महासंघ कास्कीका अध्यक्ष नारायण शाहि लगायतले उक्त प्रतियोगिताले पोखराको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यतm गर्दै यस्ता प्रतियोगिता निरन्तर हुनु पर्नेमा जोड दिए।

उक्त अवसरमा पपर्यटनबाट हालै सम्मानित भएका पोखराका स्वत्रन्त्र फोटो पत्रकार सुदर्शन रञ्जितलाई खादा लगायर सम्मान गरिएको छ। खेल संयोजक भण्डारीले रञ्जितलाई खादा लगाएर बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by