एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, २७ असोज । नेकपा एमालेले पार्टी छोडेर गएका ९ जना जनजाति नेताहरुको सदस्यता खारेज गरेको छ।
पार्टी कार्यालय बल्खुमा शनिवार बसेको स्थायी समिति बैठकले उपाध्यक्ष अशोक राई, विजय सुब्बा, मंगलसिद्धी मानन्धर, अजम्बर काङवाङ, रकम चेम्जोङ, रिजवान अन्सारी र विरबहादुर लामाको सदस्य खारेज गरेको हो।
वरिष्ठ नेता माधवकुमार नेपालले बैठकपछि सञ्चारकर्मीहरुसंग बोल्दै पार्टीमा फर्कन चाहनेलाई पुनः जिम्मेवारी दिइने जानकारी दिए।
एमाले पुनःस्थापनाको विपक्षमा रहेको जानकारी दिँदै नेता नेपालले पुनःस्थापनाको चक्करमा नलाग्न आफ्ना निवर्तमान सभादसदहरुलाई आग्रह गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b