Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संविधानसभा ब्यूँताउने षडयन्त्र पुरा हुन दिन्नः उपाध्यक्ष भण्डारी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ असोज । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेबी भण्डारीले संविधानसभालाई ब्यूँताएर मुलुकलाई पछि धकेल्ने कुनै पनि षडयन्त्र एमालेले सफल हुन नदिने उद्घोष गरेकी छिन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा नेतृ भण्डारीले निर्वाचन मात्र अहिले मुलुकको लागि निर्विकल्प विकल्प भएको दावी गर्दै भनिन्–मुलुकलाई फेरि पछाडी फर्काउने सोच ब्यवहार र षडयन्त्रलाई परास्त पारेर मुलुकलाई अग्रगमण तिर बढाउनेमा एमालेको भूमिका हुन्छ ।

पुनःस्थापनाको नाममा मुलुकलाई पछाडी फर्काउने काम हुन दिदैन। महादेबले जस्तो सति देबीको सिनो बोकेर हिडेर केही हुने वाला छैन।

साक्षात्कारमा उनले संविधानसभाको पुनःस्थापनाको लागि चलाईएको अभियानलाई पछिल्लो समयमा फैलिएको भाईरल ज्वरोसँग तुलना गर्दै नेतृ भण्डारीले संविधानसभा ब्यूताउने कुरा देशलाई अनिर्णयको बन्दी बनाउने, प्रजातान्त्रिक मूल्य र मान्यतामाथि कुठाराघात गर्ने चालको संज्ञा दिईन्।
माओवादी नेतृत्वलाई खलनायकको संज्ञा दिदै संविधानसभा जनता अल्मल्याउन ब्यूँताउने कुरा ल्याएको दावी गरिन्।

उनले सहमतिको सरकार निर्माण गरेर निर्वाचनमा जानुनै अहिलेको लागि सर्वोत्तम निकासको उपाय भएको भन्दै अब निर्वाचन गराउन लोकतान्त्रिक मूल्य मान्यता बोकेको नेताले सरकारको नेतृत्व लिनु पर्ने जिकिर गरिन्।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले तिहार अघिनै संविधानसभा पुनःस्थापना हुने दावी गरे। राष्ट्रपतिले दिएको समयावधि असोज मसान्तसम्म सहमतिको मार्ग चित्र तयार हुने दावीगर्दै तिहार अघिनै पुनःस्थापना सहमति बन्ने विश्वास ब्यक्त गरे।

सरकारले अध्यादेश ल्याईरहने, राष्ट्रपतिले अस्विकार गरिरहने अनि दलहरुवीच सहमति पनि नबन्ने अवस्थाले कहि पनि नपुगिने भन्दै संविधानसभाको पुनःस्थापना नै अहिलेको निकासको कम जोखिम पूणर््ा सुत्र भएको बताए।

उनले संविधानमा सहमति भएका विषयलाई समेटेर संविधानको खाँका बनाई सहमति नभएका विषयलाई अनुसुचिमा राखेर संविधानसभा पुनःस्थापना गरी संविधान जारी गरेर निर्वाचनमा जानुनै अहिले जनता र मुलुककोलागी हितकर हुने बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by