Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

चार युवाद्वारा विश्वकीर्तिमान कायम

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ असोज । चार जना नेपाली युवाहरुले लामो समयसम्म लगातार सामूहिक मोटरसाईकल कुदाएर कायम गरेको विश्व किर्तिमान एभरेष्ट वल्र्ड रेर्कडमा अंकित गरिएको छ।

विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एभरेष्ट वल्र्ड रेकर्डका संस्थापक सदस्य मथुरा श्रेष्ठले कीर्तिमानधारी युवाहरुलाई प्रमाणपत्र प्रदान गरे।

लगातार २७ घण्टा ५७ मिनेट मोटरसाईकल कुदाएर प्यूठानका दिनेश आचार्य, धादिङका गोकर्ण लामिछाने, ललितपुरका रोसन घिमिरे र काठमाडौका प्रमय शर्माले विश्वकीर्तिमान कायम गरेका हुन्। उनीहरुको कीर्तिमानलाई एभरेष्ट वल्र्ड रेकर्डले अनुगमन गरेको थियो। यसअघि नेपाली सेनाका सिगल शमशेरले २५ घण्टा कुदाएर कीर्तिमान कायम गरेका थिए।

उनीहरुले असोज १७ गते विहान ७ बजेर २५ मिनेटमा काठमाडौको शहीद गेटबाट आफ्नो कीर्तिमानी यात्रा सुरु गरेर लुम्बिनीमा भोलि पल्ट विहान ११ बजेर २२ मिनेटमा टुङग्याएका थिए। सो क्रममा खानपिन, मलमुत्र त्याग लगायतका सम्पूर्ण दिनचर्याहरु उनीहरुले मोटरसाईकलमा सवार रहेर नै पुरा गरेको सहभागी गोकर्ण लामिछानेले बताए।

अर्का सहभागी रोशन घिमिरेले आफूहरुले भारतको मिराकल, यूनिक र लिम्का वल्र्ड रेकर्डमा आफूहरुको कीर्तिमान सूचीकृत गर्न आवेदन समेत गरिसकेको सो अवसरमा जानकारी गराए।

एभरेष्ट बल्र्ड रेकर्डका संस्थापक सदस्य मथुरा श्रेष्ठले जसले प्रमाणित गरे पनि विश्वकीर्तिमान कायम भईसकेको भन्दै आफूहरुको प्रमाणपत्र आफैमा कीर्तिमान हुने दावी गरे।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by