एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २३ असोज । गत असोज १४ गते राति वंगलादेशको चित्तागांग जिल्लाको कोक्स गाउँमा रहेको बुद्धको मूर्ति र विहारमाथि भएको आक्रमणको धर्मोदय सभाले भत्र्सना गरेको छ।
दर्मोदय सभाले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर शान्तिका अग्रदत भगवान बुद्धका मूर्ति विहार र बौद्ध धर्म अनुयायीमाथि भएको आक्रमण अत्यन्तै अमानवीय र भत्र्सना योग्य भएको भन्दै ध्वस्त संरचनाको पुनःनिर्माण र घाईतेको उपचारको ब्यवस्था गर्न समेत बंगलादेश सरकारसँग माग गरेको छ।
पत्रकार सम्मेलनमार्फत धर्मोदय सभाले संसारको कुनै पनि भूभागमा बुद्धको प्रतिमा र बौद्धहरुमाथि हुने गरेका यस्ता आक्रमण हुन नदिने बातावरण निर्माणको लागि कुटनीतिक पहल गर्न समेत नेपाल सरकार परराष्ट्र मन्त्रालयसँग माग गरेको छ।
तस्विर सौजन्यः जिहादों बुद्धिस्ट्स ओर्ग
पत्रकार सम्मेलनमा बोल्दै सभाका उपाध्यक्ष लक्ष्मिदास मानन्धरले बौद्ध धर्म अनुयायीहरु शान्तिका हिमायती हुने भएकोले यस्ता शान्ति विरोधी आतंककारी कार्यको शान्तिपूर्ण रुपमा विरोध गर्ने बताए।
उनले एक अर्काको अस्तित्वलाई नस्वीकार्ने र विध्वशंक चरित्रका सबैले भगवान बुद्धको शान्ति र अहिंसाको मार्ग अवलम्बन गर्न सके संसार शान्तिपूर्ण हुने दावी गरे।
अर्का उपाध्यक्ष पद्म ज्यातीले यो घटनाको विरोधमा बंगलादेश दूतावासमा विरोध पत्र बुझाउने तयारी भईरहेको जानकारी दिदै सो हिंसात्मक घटनामा भएको क्षतिको पुनःनिर्माणको लागि बंगलादेश सरकारसँग आग्रह गर्ने जानकारी दिए।
अर्का उपाध्यक्ष एवम नेपाली काग्रेसका पूर्व सांसद ईन्दबहादुर गुरुङले कुनै पनि धर्म मान्न र त्यसको सुरक्षा गर्न पाउनु मानवअधिकार भएको भन्दै बंगलादेश सरकारलाई त्यहाँका बौद्धमार्गीहरुको मानवअधिकारको संरक्षण गर्दै बौद्ध सम्पदाहरुको सुरक्षा गर्न माग गरे।
महासचिव रत्मान शाक्यले पनि बंगलादेशमा भएको आक्रमणको भत्र्सना गर्दै क्षतिको पुनःनिर्माण र घाईतेको उपचारको लागि सरकारसँग माग गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b