Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेदरल्यान्डसमा धिरज राई एकल सांगीतिक साँझ हुने

पुष्प बरुवाल/ एचकेनेपाल डट कम-
आमस्टरडम । नेपाली संगीतका पारखीहरु, नेपाली कला र नेपाली कलाकारलाई माया गर्ने नेपाली दाजु-भाइ, दिदी-बहिनीहरुको संयुक्त सहयोगमा नेपाल चौतारी समाज, नेदरल्याण्डले आयोजना गर्न लागेको “धिरज राई एकल सांगीतिक साँझ” तयारी तयारी पूरा भएको छ।

हाल युरोपका बिभिन्न मुलुकहरुमा सांगीतिक भ्रमणमा रहेका चर्चित नेपाली गायक धिरज राईले नेदरल्यान्डसमा समेत धमकेदार सांगीतिक प्रस्तुति दिएर नेदरल्यान्डसबासी नेपालीहरुलाई नचाउने भएका छन।

“मिस्टेरियस गर्ल” जस्तो रोमान्टिक पप गीत गाएर होस वा “जादैछु टाढा” जस्तो सेन्टिमेन्टल गीत र “ए नाना बेङल्मा” जस्तो परम्परागत लोकवेशका गीतहरु गाएरनै किन नहोस् अधिकांश नेपालीको ढुकढुकीमा बस्न सफल गायक धिराज राईको एकल प्रस्तुति “धिरज राई एकल सांगीतिक साँझ” हेर्न र उनीसँगै नाच्न नेदरल्यान्डसबासीहरु व्यग्रताका साथ प्रतिक्षारत रहेको बुझिएको छ।

यहि १३ अक्टोबर २०१२ शनिबारका दिन नेदरल्यान्डसको Prinses Beatrixstraat 28, 4021 HM, Eck en Wiel भन्ने स्थानमा आयोजना हुन लागेको धीरज राईको यो धमकेदार प्रस्तुति हेर्न बिभिन्न स्थानहरुबाट नेपाली तथा बिदेशीहरुसमेत आउन लागेको बुझिएको छ। त्यसरी, आउने दर्शक तथा श्रोताहरुलाई कार्यक्रम स्थलसम्म जान सजिलो होस् भन्ने उद्देश्यले कार्यक्रमस्थल जाने मूल चोकको रुपमा रहेको Tiel , Eck en Wiel स्टेसनमा आफ्ना स्वयमसेवक साथीहरु साँझको ५ बजेसम्म रहने र उनीहरुले आगन्तुकहरुलाई कार्यक्रम स्थलसम्म जान मद्दत गर्ने व्यवस्था समेत गरिएको हामीलाई जानकारी गराइएको छ।

नेदरल्यान्डसमा बसोबास गर्ने आम नेपाली स्वस्फूर्त इच्छा र तदारुकताले नेदरल्यान्डसको एक सुन्दर र मनोरम स्थल Tiel मा हुनलागेको यस कार्यक्रममा देहायानुसारको समय र स्थानमा उपस्थित हुन र कला र कलाकारको सम्मान गर्न सबैलाई आग्रह गरिएको छ।

कार्यक्रम हुने मिति – १३ अक्टोवर (शनिवार )
समय -६ बजे बेलुका – ९ बजे सम्म
स्थान -prinses Beatrixstraat 28, 4021 HM, Eck en Wiel
टिकट : -१० युरो, खानासहित (ड्रिंक्स उचित मूल्यमा उपलव्ध हुनेछ) १२ वर्ष मुनिका बालबालिकालाई निशूःल्क।

कार्यक्रमस्थल जाने रुट यसप्रकार रहेको छ:
स्टेसन Tiel बाट बस नम्बर ४४ चढ्ने । करिब २० मिनटको यात्रा पछि आउने Eck en Wiel मा ओर्लिने । त्यहाँबाट करिव २. मिनटमा कार्यक्रमस्थल पुग्न सकिनेछ । साथै कार्यक्रमसम्बन्धी जानकारी आवश्यक भएमा बिर्ख सुब्बा ०६१९४२५०२५, पुष्प बरुवाल ०६८१३०३३१२, प्रकाश सुब्बा ०६४२४६५३३९ , पारस राई ०६३९१२००९७, राम सुब्बा ०६८४८११६२९ वा जस याख्खा ०६२४५३३६५७ मध्ये कसैसँग पनि संपर्क राख्न सकिने गरी ब्यबस्था मिलाइएको व्यबस्थापन पक्षले जनाएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by