Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रशान्त र अमीतले कोलोराडो तताए

नातिबाबु भट्ट /एचकेनेपाल डट कम-
कोलोराडो, ७ अक्टोबर । इन्डियन आईडल – ३ प्रशान्त तमाङले शनिवार कोलोराडोबासी नेपालीलाई खुब नचाए।

नेपालीहरुको छाता संस्था नेपालीघरले आयोजना गरेको प्रत्यक्ष साँगीतिक कार्यक्रममा प्रशान्त र इन्डियन आईडल तीनका फष्ट रनरअप अमीत पलको समेत उपस्थिती रहेको थियो।

कोलोराडो हाईट यूनिभर्सीटीमा सञ्चालित कार्यक्रममा झण्डै ४ सय नेपली तथा भारतीयहरुको माझमा प्रशान्त र अमीतले मीठा गीतहरु प्रस्तुत गरेर हिउंले कठ्याङ्ग्रिएको कोलोराडोलाई साँगीतिक माहौल तताएका थिए।

तस्विरहरुः नातिबाबु भट्ट /एचकेनेपाल डट कम

कार्यक्रममा अमीतले सबै गीतहरु हिन्दी भाषामा गाएका थिए भने प्रशान्तले नेपाली, तामाङ र हिन्दी भाषामा गीत गाएर दर्शकलाई नचाएका थिए। प्रशान्तले गाएका “लाउरे म त छुट्टीमा आको”, “असारे महिनामा पानी पर रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने” जस्ता नेपाली गीत गांउदा दर्शकको तालीका साथै वाह– वाह पाएका थिए। सांझ ६ बजेदेखि १० बजेसम्म सञ्चालित कार्यकममा के बालक के बृद्ध सबैको बाक्लो उपस्थिती रहेको थियो। प्रशान्तले गीतकार ज्ञानेन्द्र गदालद्धारा लिखित हालसम्म रेकर्ड नगरिएको नयां गीतसमेत दर्शक सामु पस्किएका थिए।

कार्यक्रमलाई थप रोचकता प्रदान गर्न स्थानीय कालाकारहरुले नृत्य तथा प्रहर्शन प्रश्तुत गरेका थिए। कलाकारहरुले नेपाली तथा हिन्दी गीतमा राम्रो नृत्य गरेर दर्शकको मन जितेका थिए।

त्यसैगरी, सोही कार्यक्रममा अतिथिद्वय प्रशान्त तमाङ र अमीत पललाई आयोजक संस्था नेपालीघरले संस्थाको मानार्थ सदस्य प्रदान गरी सम्मान गरेको थियो। सम्मान कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधीकारीहरुले अतिथि द्वयलाई खादा पहिराई सम्मान गरेका थिए भने कार्यसमितिका अध्यक्ष नारायण श्रेष्ठले मानार्थ सदस्यको सदस्यता प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रेष्ठले नेपाली संगीतका ज्योती उदयमान तारा प्रशान्त र अमीत पलले कोलोराडो बासीको निमन्त्रणलाई स्वीकार गरी यहांसम्म आएर अूुल्य गीतहरु प्रस्तुत गरी मनोरञ्जन गराएकोमा सबै नेपालीको तर्फबाट धन्यबाद दिएका थिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by