Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सहारा एकेडेमिलाई ८ लाख हस्तान्तरण

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २१ असोज । पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमिको भवन निमार्णको लागि आईतबार एक समारोहबीच ८ लाख १३ हजार २ सय ८० रुपैयाँ क्लबलाई हस्तान्तरण गरिएको छ।

सहारा युकेका समाजसेवीद्वारा संकलित उक्त रकम सहारा युकेका सल्लाहकार दिलिप कुमार गुरुङले क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरेका हुन्।

तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

सहारा एकेडेमिको भवन निमार्णको लागि चन्द्रबहादुर गुरुङले २ लाख ५० हजार, हरी श्रेष्ठले २ लाख, चितवनका दिपक न्यौपानेले ५० हजार, काठमाडौंका खुनबहादुर गुरुङले ५० हजार, युकेका कृष्णदेव÷ टिकाश्री गुरुङबाट ५० हजार, तेज गुरुङ÷अन्जु गुरुङबाट ५० हजार, युकेका स्वतन्त्र राजभण्डारीबाट १३ हजार २ सय ८० सहयोग गरेका छन्।

चन्द्रबहादुरले यस अघि ५० हजार सयहोग गरेकोले यसपालीको सहयोगसंगै गुरुङको नामबाट एमेडेमिको एक कक्षमा गुरुङको नामाङकरण गरिने भएको छ। त्यसै गरी हरी श्रेष्ठले यस अघि १ र हाल २ लाख दिएकाले श्रेष्ठको नामबाट समेत एक कक्षको नामाङकरण गरिने क्लबका महासचिव केशव बहशादुर थापाले बताए।
अघिल्ला प्रतियोगितामा झै यस प्रतियोगितमा पनि सहारा युकेले प्रत्यक खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई प्रदान गरिने म्यान अफ दी म्याच ट्रफी एवम अफिसियललाई प्रदान गरिने ट्रफी समेत हस्तान्तरण गरेको छ।

कार्यक्रममा बोल्दै सल्लाहकार दिलिप गुरुङले सहारा एकेडेमि सुत्केरी अबस्थामा भएको बताउदै अब बच्चाको रुपमा उसको रेखदेख गर्न आफूहरुको सहयोग निरन्तर रहने बताए। गुरुङले आफ्नी श्रीमती हेमा गुरुङको साथले गर्दा सामाजिक क्षेत्रमा काम गर्ने वातावरण मिलेको बताए।

२०५५ सालमा स्थापना भएको क्लबले पोखरा १७ दोविल्लामा बिभिन्न व्यतिm तथा संघ संस्थाहरुको सहयोगबाट करीब १ करोड २७ लाखमा सहारा एकेडेमि भवन निर्माण भएको छ। एकेडेमिमा फुटवल मैदान समेत निर्माणको क्रममा रहेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by