एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १७ फाल्गुन । राज्यमन्त्रीका एक जना पीए घुस लिदै गर्दा बुधवार दिउंसो रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा वन राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव (पीए) नागेन्द्र यादव रहेका छन्।
प्रहरी नायब उपरीक्षक लालमणि आचार्य नेतृत्वको टोलीले उनलाई रंगेहात पक्राउ गरिएको हो। पहिलेदेखि नै भ्रष्टाचार गतिविधिमा लागेका यादवलाई घुस लिँदै गरेको सूचनाको आधारमा अख्तियार प्रतिनिधिसहित प्रहरीले अनामनगरस्थित पीस प्वाइन्ट रेष्टुरेण्टबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पुरानो फाइल पास गराउन ५० हजार नगद लिदै गर्दा उनी पक्राउ परेका हुन्। अख्तियार प्रतिनिधिले तत्काल यादवसंग बयान लिएका थिए। उनले अख्तियार प्रतिनिधिसंग अनुनयविनय गर्दै आफूलाई जोगाई दिन आग्रह गरेका थिए। सुरूमा घुस लिएको स्वीकार गरेका उनले एक जना साथी त्यहाँ आएपछि आफूलाई फसाउने जालसाजी गरेको र मधेसबिरुद्ध षडयन्त्र भएको भन्न थालेका थिए।
पक्राउ परेपछि के भने यादवले हेर्नुहोस् भिडियोः
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस