दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २१ असोज । हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजनमा ११ औं संस्करणको आहा रारा गोल्ड कप २०६९ फुटवल प्रतियोगिता माघको दोश्रो साताबाट हुने हुने भएको छ।
सहारा क्लब पोखराको आयोजनामा संचालन हुदै आएको उक्त प्रतियोगिता आउदो माघ ९ देखि २० गते सम्म संचालन हुने भएको आईतबार क्लबमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो। ११ दिनसम्म संचालन हुने उक्त प्रतियोगितामा ए श्रेणीका क्लब, विदेशी टिम, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लब र आयोजक गरी १२ टोलीको सहभागिता रहने भएको क्लबका अध्यक्ष विक्रम थकालीले बताए।
खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नाराका साथ क्लबले यस बर्ष आयोजना गर्ने लागेको उक्त प्रतियोगिताको पुरस्कारको राशिमा समेत बृद्धि गर्ने जनाएको छ। अध्यक्ष थकालीले अखिल नेपाल फुटवल संघको सहकार्यमा आफूहरुले उक्त प्रतियोगिताको तिथि मिति पहिलो पत्रकार सम्मेलनबाट घोषणा गरेको बताए।
क्याराभान गोल्ड कप सहित क्लबको उक्त प्रतियोगिता १२ औं संस्करण हो। हिमश्री फुड्स प्रालिले यस बर्षदेखि पुनः १० बर्षको लागि नयाँ सम्झौता गरेको कारण आहा रारा गोल्ड कप नामाङकरण गरिएको हो। यस अघि क्लबले १० औ संस्करणसम्म आहा गोल्ड कप सम्पन्न गरेको हो। १० औं आहा गोल्ड कपको विजेताले २ लाख र उपविजेताले १ लाख पाएका थिए। मनाङ मस्र्याङदी क्लब डिफेण्डिङ च्याम्पियन हो।
बरिष्ठ उपाध्यक्ष विरभद्र आचार्य ११ औं संस्करणको आहा रारा गोल्ड कप २०६९ फुटवल प्रतियोगिताका संयोजक रहेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b