Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

तीब्र विवादबीच पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

उमेश पुन /एचकेनेपाल डट कम-
पोखरा, २० असोज । तीब्र बिबादबीच पोखरा उद्योग वाणिज्य संघको २९ औ महाधिवेशनबाट आगामी २ बर्षे कार्यकालको लागि नयाँ पदाधिकारी चयन भएका छन्।

तस्विरः उमेश पुन /एचकेनेपाल डट कम

संघको अध्यक्षमा यसअघि नै सञ्जिब बहादुर कोइराला सर्बसम्मत भएका थिए। नयाँ कार्यकालको लागि प्रथम उपाध्यक्षमा विन्दुकुमार थापा, द्धितीय उपाध्यक्ष ईश्वर कर्माचार्य, महासचिव नारायण कोइराला, उपमहासचिव हीरा भट्टराई र कोषाध्यक्ष रवीन्द्रबहादुर प्रजू चयन भएका छन्।

१४ जना कार्यसमिति सदस्यको लागि २३ जनाबीच भएको प्रतिस्पर्धामा देव क्षेत्रीले सर्बाधिक १४१६ मत ल्याए भने नारायण कोइराला १३९०, हीरा भट्टराई १३७० , दामु अधिकारी १३०९, ईश्वर कर्माचार्य १२९१, दीलिपराज श्रेष्ठ १२५७, रवीन्द्रबहादुर प्रजू १२२६, मीनराज काफ्ले ११९२, दीलिप सुवेदी ११९१, विन्दु कोइराला सुवेदी ११८७, प्रकाशदेव पालिखे ११५३, विश्वशंकर पालिखे ११४३, धनीराम बराल १०७८ र पवनकुमार प्रजापति १०८५ मत प्राप्त गरी बिजयी भएका छन्।

यसैगरी, एसोसिएयट सदस्यमा २३ मत प्राप्त गरी इन्द्रबहादुर कुँवर विजयी भए। उनका एकमात्र प्रतिस्पर्धी मदन खनाल १५ मत ल्याएर पराजित भए। संघमा पहिलोपटक एसोसिएट पदका लागि मतदान भएको हो।

विजयीमध्ये अघिल्लो वर्षझै यस वर्ष पनि देव क्षेत्रीले सर्वाधिक मत ल्याए। उनको १४१६ मत रहेको छ। निर्वाचितमध्ये सबैभन्दा कम १०७८ मत ल्याएर पनि धनीराम बराल विजयी भए।

विजयी हुने पुराना अनुहारहरुमा ईश्वर कर्माचार्य, दामु अधिकारी, दीलिप सुवेदी, देव क्षेत्री, नारायण कोइराला, प्रकाशदेव पालिखे, विन्दु कोइराला, विश्वशंकर पालिखे, मीनराज काफ्ले, रवीन्द्रबहादुर प्रजू र हीरा भट्टराई छन्।

निर्वाचनमा पराजित हुनेहरुमा जनकराज पराजुली १०२१, पुष्पराज पराजुली ९२०, मंगलबहादुर नेपाली ७३७, यमनाथ पौडेल ७७५, राजेन्द्रबहादुर कार्की १०१७, सुरेन्द्रमान बिजुक्छे १०६६ र ज्ञानबहादुर नेपाली ६९३ छन्।

निर्वाचनमा २ हजार एक सय ३५ जना मतदाता रहेकोमा १ हजार ७ सय ६१ मत खसेको थियो। जसमा १ हजार ६ सय ९३ मत सदर भएका थिए।

यसैबीच, निर्बाचित केहि सदस्यहरुले मतको कदर नगरी कार्यबिभाजन गरिएको भन्दै तीब्र असन्तुष्टी जनाएका थिए। निर्बाचित सदस्यहरु देब क्षेत्री, प्रकाशदेब पालिखे, बिश्वशंकर पालिखे, मीनराज काफ्ले, बिन्दु कोईराला सुबेदीसहित अध्यक्षको उम्मेदवारी फिर्ता लिई हाल प्रथम उपाध्यक्षमा चयन भएका बिन्दुकुमार थापाले पत्रकार सम्मेलननै गरी कार्यबिभाजन मान्य नहुने बताए।

संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका विन्दुकुमार थापाले आपसीसहमतिअनुसार सञ्जीवबहादुर कोइरालालाई नेतृत्व सुम्पिएका थिए। थापा पक्षधरका निर्वाचित सदस्यहरुले पूर्वसहमतिअनुसार कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका हुन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by