Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

तमू समाज कुवेतको प्रथम महाअधिवेशन सम्पन्न

राजु गुरुङ / सुरेश गुरुङ (कुवेत)
तमू समाज, कुवेतको प्रथम महाअधिवेशन हिजो मुर्गाफ सिटी, कुवेतको क्वाकब होटलमा कुवेतवासी तमूहरुको उपस्थितिमा बिभिन्न समिती, उप-समिती तथा ईकाई समितीहरुमा योग्य तमू पदाधिकारीहरुको चयन गरी भब्यरुपमा सम्पन्न भएको छ।

तमू समाज, कुवेतका निर्वतमान अध्यक्ष श्री अमर गुरुङ ज्यूको सभापतित्वमा सम्पन्न सो महाअधिवेशनमा प्रमुख अतिथी श्री बाल कुमार गुरुङ ज्यू रहनु भएको थियो भने अन्य अथितीहरुमा बिर माया गुरुङ, भिम गुरुङ, गोपाल गुरुङ, अमर जंग गुरुङ, क्याप्टेन कुल प्रसाद गुरुङ, मान बहादुर गुरुङ, तमू प्ये ल्हुँ संघका अध्यक्ष श्री छ्यो मान गुरुङ, मरभूमीको कोशेली तथा नेपाल कुवेत डट कमका सम्पादक हरी कृष्ण न्यौपाने र कुवेत नेपाल डट कमका सम्बाददाता सुरेश गुरुङ रहनु भएको थियो । प्रमुख अतिथी द्वारा दियो प्रज्वलन गरी महाअधिवेशनको उदघाटन तथा राष्ट्र सम्मानको निम्ती राष्ट्रिय गीतसँगै महाअधिवेशनको कार्यक्रम औपचारिक रुपमा अघी बढेको थियो।

समाजका निर्वतमान सचिब राजु गुरुङ द्वारा सन्चालित उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई निर्वतमान महासचिब नबिन गुरुङ ज्यूले आफ्नो मन्तब्य द्वारा स्वागत गर्नु भएको थियो । शुभकामना मन्तब्यको क्रममा प्रमुख अतिथी बाल कुमार गुरुङ ज्यूले तमू जातीको हित तमू एकतामा रहेको, सम्पूर्ण तमूहरु एकतामा बधिए आफ्नो मौलिक जातिय पहिचान तथा सस्क्रितीलाई जोगाइ राख्न सकिने बताउदै यस प्रथम महाअधिवेशन द्वारा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई सक्षम र सबल रुपमा कार्यसम्पादनको निम्ती अग्रिम शुभकामना तथा बधाई ज्ञापन गर्नु भयो।

कार्यक्रमको अर्को चरण बन्द-सत्रको क्रममा समाजका निर्वतमान कोषाध्यक्ष सुरेश गुरुङ द्वारा आर्थिक प्रतिवेदन पेश गर्नुको साथै सो उपर बिबिध छलफल गरिएको थियो भने अध्यक्ष द्वारा तमू समाज कुवेतको स्थापना काल देखी बिभिन्न चरणहरुमा समाजले खेलेको भूमिका, आरोह-अवरोह माथि प्रकाश पर्नु भएको थियो।

महाअधिवेशनलाई सरल, निश्पक्ष तथा सु ब्यवस्थित तरिकाले सफल बनाउन तारा मान (दिपक) गुरुङको अध्यक्षतामा नौ सदस्सिय निर्वाचन समिती चयन गरिएको, जस्मा छबी घले, याम गुरुङ, बिराज गुरुङ, द्रोणजंग गुरुङ, जित गुरुङ, सुरेश गुरुङ, सानु गुरुङ र प्रेम गुरुङ रहेको जानकारी गराइएको थियो साथै निर्वाचन समितीका अध्यक्ष तारा मान गुरुङ (दिपक) द्वारा निर्वाचन प्रकृया, उम्मेद्बारीको चयन, नियामावली बारे उपस्थित सबैमा जानकारी गराउनु भएको थियो । निर्वाचन प्रकृया अन्तर्गत सम्पूर्ण कार्य पश्चात समग्रमा सहमती द्वारा तमू समाज कुवेतका आगामी कार्यकालको निम्ती बिभिन्न समिती, उप-समिती तथा ईकाइ समितीका पदाधिकारीहरुको चयन गरिएको थियो । पदाधिकारीहरुको चयन पश्चात आफ्नो कार्यकाल भरी बिधान सम्बत रहेर समाजको निर्देशन बमोजिम कार्य गर्ने प्रतिबद्दताका साथ सपथ ग्रहण गरेका थिए । त्यस्तै गरी कार्यसमितीका नवनिर्वाचित अध्यक्ष श्री खोप गुरुङले आफ्नो मन्तब्यको क्रममा तमू एकता प्रती हर सम्भव प्रयासरत रहने र तमू समाज कुवेतको बिधान बमोजिम सबै सँग हातेमालो गर्दै अघी बढने प्रतिबद्दता जाहेर गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा, नव निर्वाचित समितीका पदाधिकारी तथा उपस्थित सम्पूर्ण तमू दाजुभाइ तथा दिदी बहिनीहरु सँग फोटो सेशन, शुभकामना आदान प्रदान र स्वादिष्ट भोजनका साथ सभापति द्वारा कार्यक्रम समाप्तीको घोषणा गरिएको थियो।

तमू समाज, कुवेतको प्रथम महाअधिवेशन द्वारा आगामी कार्यकाल (२०१२ – २०१५) को निम्ती नव-निर्वाचित संम्रक्षक तथा सल्लाहकार समितिका पदाधिकारीहरु निम्ननुसार रहेको छ :
१) बल कुमार गुरुङ (धरान)
२) अमर गुरुङ (पोखरा)
३) बिर माया गुरुङ (पोखरा)
४) गोपाल गुरुङ (पोखरा)
५) अमर जंग गुरुङ (पोखरा)
६) मान बहादुर गुरुङ (नवलपरासी)
७) नरजित गुरुङ (पोखरा)
८) टौमाया गुरुङ (पोखरा)
९) पिन्की गुरुङ (बुटवल)

नव-निर्वाचित (२५ सदस्सिय) कार्यसमितिका पदाधिकारीहरु :
१) अध्यक्ष – खोप गुरुङ (बुटवल)
२) उपाध्यक्ष – नबिन गुरुङ (स्याङ्जा)
३) महा-सचिब – धीरज गुरुङ (पोखरा)
४) सचिव – राजु गुरुङ (ईटहरी)
५) सह-सचिव – बिराज गुरुङ (स्याङ्जा)
६) कोषाध्यक्ष – नन्द घले (लमजुङ)
७) सह-कोषाध्यक्ष – सानु गुरुङ (गोर्खा)
सदस्यहरु :
१) सुरेश कुमार गुरुङ (संङ्खुवासभा)
२) खगेन्द्र गुरुङ (कास्की)
३) हरी गुरुङ (गोर्खा)
४) सुक बहादुर गुरुङ (कास्की)
५) मिलन गुरुङ (कास्की)
६) याम गुरुङ (लमजुङ)
७) बुद्धी गुरुङ (लमजुङ)
८) प्रेम गुरुङ (रुपन्देही)
९) निपेश गुरुङ (संङ्खुवासभा)
१०) पदम गुरुङ (स्याङ्जा)
११) कृष्ण गुरुङ (बुटवल)
१२) तेज बहादुर गुरुङ (तनहु)
१३) किरण गुरुङ (पोखरा)
१४) सुश्मा गुरुङ (धरान)
१५) महेन्द्र गुरुङ (पोखरा)
१६) सरस्वती गुरुङ (सिन्धुपाल्चोक)
१७) सुबास गुरुङ (झापा)
१८) छबी घले (रोल्पा)

नव-निर्वाचित तमू आर्थिक सुधार समितिका पदाधिकारीहरु :
१) नन्द घले (लमजुङ)
२) सानु गुरुङ (गोर्खा)
३) रमेश गुरुङ (गोर्खा)
४) दुत प्रसाद गुरुङ (स्याङ्जा)
५) सुजन गुरुङ (तनहु)

नव-निर्वाचित तमू साँस्कृतिक परिवारका पदाधिकारीहरु :
१) द्रोण जंग गुरुङ (लमजुङ)
२) बबिता गुरुङ (कास्की)
३) बिनोद गुरुङ (स्याङ्जा)
४) सोभा गुरुङ (लमजुङ)
५) किसान गुरुङ (कास्की)
६) संगिता गुरुङ (कास्की)
७) सानु गुरुङ (गोर्खा)
८) रन्जना गुरुङ (संङ्खुवासभा)
९) याम गुरुङ (लमजुङ)
१०) प्रेम गुरुङ (बुटवल)
११) तोरण गुरुङ (बुटवल)
१२) भु प्रसाद गुरुङ (लमजुङ)
१३) प्रेम गुरुङ (कास्की)
१४) नन्द घले (लमजुङ)
१५) जीत गुरुङ (कास्की)
१६) ममता गुरुङ (लमजुङ)
१७) निशा गुरुङ (नवलपरासी)
१८) सुजन गुरुङ (तनहुँ)
१९) प्रेम गुरुङ (कास्की)

नव-निर्वाचित तमू खेलकुद बिकास समितीका पदाधिकारीहरु :
१) जीत गुरुङ (कास्की)
२) निपेश गुरुङ (संङ्खुवासभा)
३) बिराज गुरुङ (स्याङ्जा)
४) मिलन गुरुङ (कास्की)
५) सन्तोष गुरुङ (पोखरा)
६) किरण गुरुङ (पोखरा)
७) प्रेम गुरुङ (कास्की)
८) दुत प्रसाद गुरुङ (स्याङ्जा)
९) खेम गुरुङ (कास्की)

नव-निर्वाचित क्षेत्रीयगत ईकाइ समितीका पदाधिकारीहरु :
१) याम गुरुङ (लमजुङ) – फर्वानिय क्षेत्र
२) रमेश गुरुङ (गोर्खा) – फर्वानिय क्षेत्र
३) छबी घले (रोल्पा) – मंङाफ, फाहिल क्षेत्र
४) तारामान (दिपक) गुरुङ (झापा) – मंङाफ, फाहिल क्षेत्र
५) प्रेम गुरुङ (कास्की) – साँल्मिया, हवाली क्षेत्र
६) भु प्रसाद गुरुङ (लमजुङ) – साँल्मिया, हवाली क्षेत्र
७) सुक बहादुर गुरुङ (कास्की) – अंम्घारा, जाहारा क्षेत्र
८) निपेश गुरुङ (संङ्खुवासभा) – जिलिब, अब्बासिया क्षेत्र
९) गोबिन्द गुरुङ (कास्की) – रिगाई, कुवेत सिटी क्षेत्र

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by