Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

डा.वानीरा गिरीलाई विश्व नारी रत्नको उपाधि

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ अक्टोबर । त्रिमूर्ति निकेतनद्वारा गठित विश्व नारी नेपाली साहित्य सम्मेलनले नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, समालोचना र अन्वेषणमूलक प्रबन्ध लेखनकी नारीचुली डा. वानीरा गिरीलाई नेपाली साहित्यको ‘विश्व नारी रत्न’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ।

नेपालीभाषाको श्रीवृद्धिका लागि आधा शताब्दीदेखि निरन्तर साधनारत डा.गिरीलाई देशदेशान्तरमा नेपाली साहित्यको गरिमा र महिमा फिंजाएवापत सो उपाधि प्रदान गर्ने निर्णय भएको हो। उक्त उपाधिका साथमा ताम्रपत्रसहित दुई लाख पचास हजार रुपियाँ राशि रहने छ।

नेपाली साहित्यको ‘विश्व नारी रत्न’को प्रयोग भने आजैका मितिदेखि गर्ने विश्व नारी नेपाली साहित्य सम्मेलनले निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन्।

साथै, विश्व नारी नेपाली साहित्य सम्मेलन सन् २०१३ का अवसरमा नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको सम्पादनमा विश्व नारी रत्न  वानीरा गिरीनामक अभिनन्दन ग्रन्थ पनि प्रकाशन गरिने जनाइएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by