एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ फागुन। विभिन्न शिक्षक सम्बद्ध संघ संगठनहरुले आफूले अगाडि सारेको ४७ सुत्रिय माग पुरा नभए विद्यालयका अन्तिम परीक्षासमेत बहिस्कार गर्ने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाल शिक्षक यूनियका अध्यक्ष दिलबहादुर जोसीले विगतका सहमति कार्यान्वयन नगरेका कारण आन्दोलन गर्नु परेको भन्दै आफूहरुको माग पुरा नभए आशन्न अन्तिम परीक्षा समेत बहिस्कार गर्ने चेतावनी दिए।
साक्षात्कारमा जोसीले शिक्षामा बजेटको २५ प्रतिशत लगानी र शिक्षकहरुले उठाएको माग अध्यादेशबाट ऐन संशोधन गरेर संबोधन गर्नु पर्ने बताए। उनले सरकारले वार्तामा बोलाउँदैमा आन्दोलन नरोकिने भन्दै बार्तासँगै आन्दोलन पनि जारी रहने स्पष्ट पारे।
साक्षात्कारमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले शिक्षक आन्दोलनको अन्त्य गर्न तत्काल माग संबोधन गर्ने गरी शिक्षा ऐनलाई दलहरुवीचको सहमतिको आधारमा अध्यादेशमार्फ संशोधन गर्नु पर्ने बताए। उनले विद्यालय बन्द नगरे पनि बार्तामा बोलाउँदैमा आन्दोलन नरोक्ने स्पष्ट पारे।
गणतान्त्रिक शिक्षक यूनियनका अध्यक्ष गुणराज लोहनीले आन्दोलनको विकल्प नदिई आन्दोलन नरोकिने स्पष्ट पार्दै आफूहरुको माग संबोधन नगरिए भोलिका दिनदेखि अझै कडा आन्दोलन गर्ने चेतावनी दिए।
नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीले शिक्षा क्षेत्रको विकासको लागि आन्तरिक राजस्वबाट बेहोर्ने गरी २५ प्रतिशत छुट्याए शिक्षा क्षेत्रको समस्या समाधान गर्न सकिने भन्दै राजनीतिक दलहरुले देश चलाउन नजानेकोले समस्या आएको बताए।
प्याब्सनका नवनिर्वाचित अध्यक्ष डा बाबुराम पोख्रेलले विद्यार्थीको अध्ययन प्रभावित नहुने गरी आन्दोलन गर्न सुझाव दिदै त्यसो भए आफूहरुले पनि आन्दोलनमा र्समर्थन गर्नें प्रतिबद्धता ब्यक्त गरे।
उनले आन्दोलनकारी शिक्षकहरुको माग सरकारले तत्काल संबोधन गर्नु पर्ने भन्दै अन्तिम परिक्षाको मुखमा विद्यालय बन्द गर्दा विद्यार्थी र अभिभावक अन्यौलमा परेको तर्फ ध्यान आर्कषित गराए। पोख्रेलले राज्यले निजी क्षेत्रलाई पहिचान दिन नसकेको गुनासो गर्दै छुट्टै संस्थगत विद्यालय ऐन बनाएर निजी विद्यालयमा ६० प्रतिशत शिक्षक र ४० प्रतिशत प्रशासन सन्चालन खर्च गर्ने गरी ब्यवस्था मिलाउने पर्ने बताए। उनले सरकारले खर्च गर्नु नपर्ने निजी विद्यालयबाट उतीर्ण भएका विद्यार्थीलाई उच्च शिक्षाको छात्रबृत्तिमा प्रतिष्पर्धा गर्न नदिएर सरकारले हेला गरेको गुनासो समेत साक्षात्कारमा गरे।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस