प्रकाश थापा- काठमाडौं, २० असोज । डकुमेन्ट्री भ्याली अफ म्युजिकको प्रिमियर सो आइतवार भारतीय राजदूत जयन्त प्रसादलेसर्वनाम थियटरमा शुभारम्भ गरे।
नेपाल कला र संस्कृतिको देश हो। नेपाली बाजा र संगीतको, नेपाली कला, धर्म र संस्कृतिसँग गहिरो सम्बन्ध रहेको छ। यस्ता बाजाहरुको धर्म र संस्कृतिसँगको सम्बन्ध हजार वर्षभन्दा पनि पुरानो रहेको अनुमान गरिएको छ।
नेपालमा जातीय विविधता जत्तिकै परम्परागत नेपाली संगीत पनि विविध छ। तर पनि यी परम्परागत सांस्कृतिक र एतिहासिक वाजाहरुका आफ्ना धुन र लयहरु विश्वसामू चिनाउन बाँकी नै छ। नेपालको इतिहासमा कला र संस्कृतिसँग गाढा सम्बन्ध बनेर रहेको सबैभन्दा जटिल संगीत भनेको काठमाडौ उपत्यकाको ‘नेवार’ बाजा र देशका विभिन्न भागमा छरिएर रहेको ‘दमाई’ बाजा हो।
यो डकुमेन्ट्रीले दुईजना गुरु अर्थात् संगीतकार धर्म मुनिकार र अर्जुन परियारको जीवनको संघर्ष र व्यक्तित्वलाई प्रकाश पार्ने काम गरेको छ। उनीहरुको कठिन सङ्घर्ष र आश्चर्य जीवनशैलीलाई यसभन्दा अघि कसैले पनि उजागर गर्ने कार्य गरेकै थिएन। यस पिँढीले थाहा नपाएका महान् व्यक्तित्वहरु ‘धर्म मुनिकार’ र ‘अर्जुन परियार’ जसले विविध नेपाली बाजाहरु तथा संगीतलाई जोगाइराख्न महत्वपूर्ण योगदान दिइरहेका छन्।
नेपालमै जन्मिएर हुर्किएका यी दुई महान् हस्तिहरुले विदेशी संगीतले नेपाली संगीतलाई ओझेलमा पारेको प्रत्यक्ष रुपमा देख्दै र भोग्दै आइरहेका छन्। नेपाली संगीत र बाजाको जगेर्नाले नेपाली संस्कतिलाई बचाउने मात्र नभई मानवीय उत्पत्ति, विश्वास र मान्यताका बारेमा पनि जानकारी पाउन सकिनेमा उनीहरु विश्वस्त छन्। हाम्रा पूर्वजहरुको अनवरत प्रयासले गर्दा नेपाली संगीत आजको अवस्थासम्म बढो मुश्किलले आइपुगेको छ। वौद्विक ह्रासका कारण हामीमा पुरातात्विक ज्ञानको अभाव तथा हाम्रो पूरै कला र सांस्कृतिक सिर्जनालाई लोपोन्मुख अवस्थासम्म पु¥याउँछ।
Please subscribe so you’ll see our next video! http://alturl.com/9s8k9
Like + fav + share this video if you liked it!