एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १९ असोज । नेपाल एयरलाइन्सको ट्विनअटर जहाज शुक्रवार बिहान ठूलो दुर्घटनाबाट बँचेको छ।
जोमसोमबाट बिहान ६ बजेर ५५ मिनेटमा पोखरातर्फ उड्न लागेको जहाजको दायाँ पाङ्ग्रा नालामा भास्सिदा दुर्घटनामा परेको हो।
जोमसोम बिमानस्थल प्रमुख शिव शर्माले जहाज टर्न लिन खोज्दा सो दुर्घटना भएको बताए। पाङ्ग्रा भास्सिएर कोल्टे परेको जहाजलाई नेपाली सेना, प्रहरी र स्थानीयबासीको सहयोगमा सुरक्षित स्थानमा ल्याइएको छ, शर्माले भने।
दुर्घटनामा चालक दलका सदस्य तथा यात्रुहरू सकुशल छन्। हिजै पोखरा फर्किनु पर्ने सो जहाज खराब मौसमकाकारण जोमसोमै रोकिएको थियो।
यही जहाज चारषर्षअघि ठूलो दुर्घटनाबाट बँचेको थियो। काठमाडौँ विमानस्थलको धावनमार्गबाट झरेको जहाज। फाइल तस्बिरः एएफपी
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b