एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १७ असोज । विशेष अदालतले दिवंगत पूर्वमन्त्री रविन्द्रनाथ शर्मालाई भ्रष्टाचार गरेको ठहर गरेको छ।
अदालतले चार वर्षअघि निधन भइसकेका शर्माको सम्पत्तिबाट २ करोड २७ लाख ७६ हजार ७ सय २४ रुपैयाँ बिगो र त्यति नै जरिवानाको फैसला बुधवार गरेको हो।
राप्रपाका नेता शर्माले अर्थमन्त्री हुंदा झण्डै ५ करोड भ्रष्टाचार गरी अकुत सम्पति आर्जन गरेको मुद्दा खेपिरहेका थिए। उनको निधनपछि मात्र मुद्दाले किनारा लागेको हो।
निधन भइसकेकाले सजाय नतोकिएपनि उनका तीन वटा गाडी, बूढानिलकण्ठको दुई रोपनी, दुई आना, दुई पैसा, एक दामको जग्गा जफत गरिने छ। त्यसैगरी छोराको नाममा रहेको बुढानिलकण्ठको घर, बुहारीको नाममा रहेको बानेश्वरको तीन आना पनि जफत गरिने छ।
यसअघि, विशेष अदालतले ६ असार २०६४ मा सफाई दिएपनि त्यो फैसला त्रुटिपूर्ण भएको भन्दै पुनः सुनुवाईका लागि सर्वोच्चले २३ असोज २०६४ मा विशेष अदालत फर्काएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b