Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखराको पृथ्वीनारायण क्याम्पसमा गन्जागोल

राज गुरूङ / एचकेनेपाल डट कम-
पोखरा, १६ फागुन । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मुल इकाइ समितिको बुधवार बसेको बैठकले नेविसंघको विधान विपरित लक्ष्मी प्रसाद पौडेलले मिलन आलेलाई अध्यक्षमा मनोमानी ढङगबाट मनोनित गरेकोमा नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाइ समितिले घोर भर्त्सना गरेको छ।

मुल इकाइ समितिले कार्यवाहक सभापति गोपाल गुरुङको नेतृत्वमा बैधानिक तवारले अधिवेशन गराउनका लागि क्याम्पसमा कार्यरत विद्यार्थीहरु, जिल्ला कार्य समिति, विद्यार्थ्रा नेता, एवम पार्टीका नेताहरुसंग विभिन्न समयमा वार्ता तथा छलफल गर्दै आइरहे पनि पौडेलले व्यक्तिको स्वार्थका लागि कसैको सल्लाह विना आलेलाई अध्यक्षतामा मनोनोयन गरेको भन्दै समितिले एक प्रेस विज्ञप्तिमार्फत घोर भर्त्सना जनाएको हो।

मुल इकाइ कार्यवाहक सभापति गुरुङ, उपसभापति मिन नेपाली र सचिव अजित क्षेत्रीद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा पौडेलले संगठनलाई विभाजित गरी गुठगत राजनीतिकलाई बढावा दिने गरी गरिइएको निर्णयप्रति आम नेविसंघमा रहेका विद्यार्थीहरुको विरोध रहेको छ भनिएको छ।

समितिले पौडेलले एकलौटी ढङ्गबाट गरेको संगठन विरोधी निर्णय तत्काल फिर्ता लिई १५ औँ अधिवेशनका लागि वातावरण सहज बनाउन अपिल गरेको छ।

भातृसंस्था बिघटन गरेकै कारण पार्टीको केन्द्रिय राजनीतिमा असहज परिस्थितिर भई मेलमिलापको स्थिति र्सिजना भइरहेका बेला मुलुकको दोश्रो क्याम्पसमा काम गरिरहेको समितीलाई बिघटन गरिनुलाई ब्यक्तिगत स्वार्थले काम गरेको नेबिसंघका स्थानीय नेताहरुले बताएका छन्।

यसैबीच, विधान विपरित मनोमानी ढङगले अध्यक्षमा मनोनित गरेको भन्दै नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मुल इकाइ समितिले नेपाली काग्रेस पार्टी कार्यालय कास्कीमा तालाबन्दीसमेत गरेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by