दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, १५ असोज । पोखराको फुटवल विकासमा एक दशक भन्दा लामो समयदेखि लाग्दै आएको सहारा क्लबको आफ्नो विकास र विस्तारको क्रममा वेलायत हुहै हङकङसम्म पुगेको छ।
हङकङको जोर्डनस्थित मगर संघको हलमा आइतवार सम्पन्न भएको एक भेलाले दिपक गुरुङको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति सहारा क्लव हङकङको गठन भएको छ।
त्यसै गरी, प्रथम उपाध्यक्षमा अनिल गुरुङ, द्धितीया उपाध्यक्षमा रेनुका गुरुङ, महासचिवमा बिल तामाङ, सचिवमा खमबहादुर गुरुङ, कोषाध्यक्षमा सुमित्रा गुरुङ, सहकोषाध्यक्षमा कुमार गुरुङ, सदस्यहरुमा तिलक गुरुङ, मनोज गुरुङ, किसन गुरुङ, रमेश पुन, माया गुरुङ, गणेश गुरुङ, बुद्ध गुङ र बिकाश गुरुङ रहेका छन्।
उक्त भेलाले सल्लाहकार समितिमा प्रमुख सल्लाहकारमा मितेरी समाज हङकङका अध्यक्ष तुलसी कुमार गुरुङ, सल्लाहकारहरुमा एनआरएन एशिया प्यासिफिक क्षेत्रिया संयोजक यमकुमार गुरुङ (त्रिलोक), एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङ, नेपाली महासंघका अध्यक्ष प्रदीप थापा, तमु टहो हृयूलका अध्यक्ष अर्जुन गुरुङ एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू, नेप्पीज फुटबल संघका अध्यक्ष राजीब हिराचन, एनआरएन सचिव मिनबहादुर गुरुङ, सुरेश गुरुङ, हितमान गुरुङ, अशोक गुरुङ, युवराज गुरुङ, जगदीप गुरुङ, शंकर गुरुङ, पदमकुमारी गुरुङ, कमल पौंडेल, एकनारायण शर्मा र गिरीराज गुरुङ रहेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b